नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १७, २०८३ बागेश्वरी पोस्ट
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न

नेपालगन्ज । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २७औं साधारणसभा तथा सामाजिक परीक्षण शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीले सामाज विकासमा संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । सामाजिक संघसंस्थाले समुदायलाई असल कार्यमा अघि बढ्न सहयोग गरिरहेको बताउँदै उनले हालसम्मको विकासित समाज निर्माण कार्यमा संस्था अग्रणी रहेको उल्लेख गरे ।

‘बी–ग्रुपले स्थापनाकालदेखि यो क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको छ,’ मन्त्री भने, ‘आगामी दिनमा पनि यसैगरी नमुना कार्य गरिरहोस्, शुभकामना ।’ कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले ठाकुरबाबामा शैक्षिक क्षेत्रमा संस्थाले पुर्याउएको योगदानको प्रशंसा गरिन् । यसका साथै उनले सामाजिक संस्थाले चालेको सामाजिक कार्यहरुमा नगरपालिकाले पनि हातेमालो गर्दै लक्षित समुदायमा धेरै कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिँदै संस्थालाई धन्यवाद दिइन् । यस्तै आइडिई नेपालका कल्पना धिताल, बाँके र बर्दियामा संस्थाबाट परियोजना संचालन भएको स्थानीय तहका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा संस्थाको विकासमा अहम् भूमिका निर्वाह गरेकाहरुलाई सम्मान गरिएको छ । संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा पोषण परियोजनाका स्वास्थ्य अधिृकत सुजाता आचार्य, समुदायका लागि जलवायु उत्थानशिल परियोजनाका कार्यक्रम अधिकृत जनकराम चौधरी, सम्बद्र्धन परियोजनाका लेखा अधिकृत तारा वली, सिकाइ सुधार परियोजनाका शिक्षा प्राविधिक श्रोत व्यक्ति देवी लामा र प्रयास २ परियोजनाका फिल्ड सुपरभाइजर शान्ता बिकलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको छ ।

यस्तै परियोजना सफल बनाउन कार्यमा सहयोग पुर्याएका प्रयास २ परियोजनाका कार्यक्रम संयोजक खेमराज भण्डारी, सिकाइ सुधार परियोजनाका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्मा, प्रयास परियोजनाका लेखा अधिकृत टिकेश्वर चौधरी र विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन परियोजनाका कार्यक्रम संयोजक भुवन कार्कीलाई सम्मान प्रदान गरिएको छ ।

साधारणसभाकै अवसरमा संस्थाको सामाजिक परीक्षण समेत गरिएको छ । विज्ञ हरि सुवेदीले सामाजिक परीक्षणको सहजीकरण गरेका थिए । संस्थाको साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ ।


प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP