नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ११, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान

नेपालगन्ज । नेपालगन्ज नायक–२०८३ बाट अग्रज पत्रकार जे. पाण्डे र पर्यटनकर्मी श्रीराम सिग्देल तथा उत्कृष्ट कर्मचारीका रुपमा कालपृष्ठकर्मी दुर्गा प्रसाद पौडेल सम्मानित भएका छन् । कालपृष्ठ दैनिकले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । आ–आफनो क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तनको लागि योगदान दिइरहेका व्यक्तिलाई कालपृष्ठ दैनिकले नेपालगन्ज नायकको रुपमा सम्मान गर्ने कार्यको सुरुवात गरेको छ । 

आइतबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्री, कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्री, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, भेरी अस्पताल विकास समितिका पूर्व अध्यक्ष सकिल अहमद जसगढ, प्रतिष्ठित उद्योगी सन्जय अग्रवाल, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीले तीनै जनालाई सम्मान गरेका थिए । सम्मानित भएका पाण्डेलाई पाँच हजार एक सय, सिग्देल र पौडेलाई समान चार हजार एक सय रुपैयाँ समेत प्रदान गरिएको थियो ।  

कार्यक्रममा नेपालगन्ज नायक–२०८३ अन्तर्गत कालपृष्ठ पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार जे.पाण्डे, पर्यटन पुरस्कारबाट श्रीराम सिग्देल र उत्कृष्ट कर्मचारीको रुपमा दुर्गा प्रसाद पौडेल सम्मानित भएका हुन् । सम्मानित भएका पाण्डेले नेपालगन्जलाई कर्मो थलो बनाएर चार दशकदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् भने सिग्देलले पर्यटनमार्फत पश्चिम नेपालको आर्थिक विकासमा योगदान गर्दै आएका छन् । सम्मानित भएका पौडेलले कालपृष्ठ दैनिकको विगत ६ वर्षदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । सम्मानित भएका तीनै जनाले पश्चिम नेपालको आर्थिक, सामाजिक विकासमा अतुलनीय योगदान गरेकोले सम्मानको हकदार भएको कालपृष्ठ दैनिकका प्रकाशक खत्रीले बताए । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खत्रीले कालपृष्ठ दैनिकले अप्ठयारो अवस्थामा पनि समाजमा सकारात्मक योगदान दिइरहेका व्यक्तिलाई सम्मान गरेर समाजप्रति आफ्नो उत्तरदायित्व पूरा गरेको बताए । उनले भने,‘कालपृष्ठ दैनिकले नेपालगन्जको पत्रकारिताको दायरा फराकिलो बनाएको छ । मैले कालपृष्ठबाटै धेरै पत्रकार चिनेको छु । उहाँहरुले गरेको योगदान देखेको छु । आज कालपृष्ठले आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइरहेको छ । त्यसको लागि म शुभकामना दिन चाहन्छु ।’ राज्यले पत्रकारिता क्षेत्रको विकासका लागि उत्तरदायी भएर भुमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य काफलेले कालपृष्ठ दैनिकले नेपालगन्जको आर्थिक, शिक्षा, स्वास्थ्य, सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको बताइन् । उनले कालपृष्ठ दैनिकले राज्यका निकायले गर्न नसकेको नयाँ प्रयासको पनि थालनी गरेको उनले बताइन् । कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, भेरी अस्पताल विकास समितिका पूर्व अध्यक्ष सकिल अहमद जसगढ, प्रतिष्ठित उद्योगी सञ्जय अग्रवाल, वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर लगायतले कालपृष्ठ दैनिकको २९औं वार्षिकोत्सवको शुभकामना दिँदै पत्रकारितालाई व्यवसायिक र नागरिकमैत्री बनाउन कालपृष्ठ दैनिकलाई सुझाव दिएका थिए । 

कालपृष्ठ दैनिकका सहसम्पादक भिष्म लोधले पछिल्लो समय कालपृष्ठ दैनिकले आफूलाई डिजिटल क्षेत्रमा सशक्त बनाउँदै जनताका आवाजलाई आम नागरिकसम्म लैजाने काम गरिरहेको बताएका थिए । 
 


प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP