नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना सम्बन्धि गोष्ठी
नेपालगञ्जमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना सम्बन्धि गोष्ठी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २३, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना सम्बन्धि गोष्ठी

नेपालगञ्ज । नेपालगञ्जमा आज पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबद्र्धन योजना तयारी सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

पालिका खोप समन्वय समिति, वडा प्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितिमा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेशबाबु श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए । श्रेष्ठले खोप कभरेज बढाउँदै दिगोपनाका लागि स्थानीय तहहरुले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए । 

गोष्ठीमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले खोपको सुनिश्चितता र दिगोपना अत्यन्त जरुरी रहेको बन्दै स्वस्थ समाज निर्माणका लागि खोप अनिवार्य शर्त भएको बताए । उनले स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवदनशील भएको बताउँदै स्वस्थ नगरपालिका बनाउने अठोटका साथ अघि बढेको उल्लेख गरे । नगर प्रमुख विष्टले बालबालिकालाई स्वस्थ बनाउन सके मात्र मुलुकले स्वस्थ्य कर्णधार पाउने भन्दै खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले समस्या र आवश्यकताहरुलाई सुक्ष्म ढंगले हेर्दै सुक्ष्म योजनाका साथ अघि बढ्न जरुरी रहेको बताए । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुनै पनि खोप नपाएका बालबालिका अझै चार प्रतिशत रहेको भन्दै त्यही संख्याबाट जुनसुकै बेला महामारी आउन सक्ने खतरा औल्याइन् । उनले खोप उचित तरिकाले पुग्न नसके समाज स्वस्थ नहुने बताउँदै स्थानीय तहको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गरिन् । 

गोष्ठीमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले कुन-कुन वडामा कुन-कुन क्लष्टरका बालबालिका छुटेका छन्, त्यसै अनुरुप रणनीति बनाएर खोप अभियानको प्रभावकारिता बढाउनुपर्ने बताए । वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

स्वास्थ्य कार्यालयले बाँकेका ८ पालिकामध्ये नेपालगञ्जसहित ७ पालिकामा यसप्रकारको गोष्ठी गरिसकेको बताएको छ । अब कोहलपुर नगरपालिका मात्र बाँकी रहेको खोप फोकलपर्सन श्रेष्ठले बताए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP