नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • १५७ जना नयाँ कुष्ठरोगीको पहिचान
१५७ जना नयाँ कुष्ठरोगीको पहिचान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २०, २०७९ बागेश्वरी पोस्ट
१५७ जना नयाँ कुष्ठरोगीको पहिचान

नेपालगञ्ज । साइनिङ अस्पतालमा १५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । आइएनएफद्वारा संचालित साइनिङ अस्पतालका अनुसार आर्थिक वर्ष ०७८/७९ मा १५७ जनामा कुष्ठरोगको पहिचान भएको हो । छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको यो अस्पतालमा पहिचान भएका मध्ये ६१ जना बाँकेका हुन् । 

अन्य विरामी भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । बाँके र बर्दियाका २/२ जना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ । साइनिङ अस्पतालले अस्पतालमा आएका विरामीलाई मात्र स्क्रिनिङ गर्दैन । ठाउँठाउँमा शिविर समेत राखेर कुष्ठरोगी खोज्ने काम गर्छ । बर्दिया र बाँकेका ३ ठाउँमा राखिएको शिविरमा ५ हजार ५ सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए । 

जानकी गाउँपालिका ३ मा रहेको यो अस्पतालमा आर्थिक वर्ष ०७८/७९ मा १५ हजार ५ सय ८२ जना विरामीले ओपिडी सेवा लिएको अस्पताल प्रमुख मंगलप्रसाद थारुले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै १३ हजार ५ सय ४ जना छालाका विरामीले सेवा लिएका छन् । २४ बेड रहेको अस्पतालमा एक वर्षमा १३० जना कुष्ठरोगीका विरामी उपचारका लागि भर्ना भएका छन् । साइनिङ अस्पतालमा सेवा लिनेहरुमा बाँकेका १९ प्रतिशत, बर्दियाका २१, लुम्बिनी प्रदेश (बाँके र बर्दिया बाहेक) का १८, कर्णाली प्रदेशका २४, सुदूरपश्चिम प्रदेशका १५ र भारतका २ प्रतिशत विरामी छन् । 

पछिल्लो समय बालबालिकामा पनि कुष्ठरोगको संक्रमण देखिएकाले निवारण चुनौतिपूर्ण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पाँच वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर, यस क्षेत्रमा कुष्ठरोग पहिचान भएका मध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ । यसले अहिले पनि समाजमा कुष्ठरोग सर्ने क्रममै रहेको पुष्टि गर्छ । आइएनएफले आज नेपालगन्जमा आयोजना गरेको सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकमा सो जानकारी गराएको हो ।

जिल्ला समन्वय समितिका उपसंयोजक सीता कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, भेरी अस्पतालका निमित्त मेसु डा. कृष्ण आचार्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष गोविन्द रेग्मी लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य संस्थाका अधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP