prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सडक अनुशासनमा जोड दिँदै बाँके ट्राफिक, बढाइँदै सचेतना
सडक अनुशासनमा जोड दिँदै बाँके ट्राफिक, बढाइँदै सचेतना
RSG-2
६ महिनामा ९४ लाख राजश्व संकलन गर्न सफल
सौरभ गिरी
मंगलबार, पुस २६, २०७९ सौरभ गिरी
सडक अनुशासनमा जोड दिँदै बाँके ट्राफिक, बढाइँदै सचेतना

नेपालगञ्ज । बाँके ट्राफिकले सडक अनुशासनमा जोड दिँदै दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सडक दुर्घटना न्यूनीकरण ट्राफिकको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उसले सरोकारवाला सबैको जिम्मेवारपूर्ण व्यवहारको खाँचो महसूस गरेको छ  ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सबै नागरिकको जिम्मेवारपूर्ण कर्तब्य र इच्छाशक्तिले मात्र दुर्घटना न्यूनीकरणमा सहजता ल्याउने भन्दै सकारात्मक सोच र हातेमालोका निम्ति विभिन्न कार्यक्रमहरु गरिरहेको बताएको छ । 

ट्राफिक प्रहरीको अनुगमन र नियमन कमजोरीले मात्र दुर्घटना बढेको सामान्य बुझाईले पनि समस्या बढेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह बताउँछन् । विद्यमान सवारी नीति नियम र कानुनलाई पालना गर्दै सडक अनुशासनमा ध्यान दिए दुर्घटना न्यूनीकरण गर्न सकिने शाहको बुझाई छ । विना लाइसेन्स र बिल बुक जथाभावी सवारी चलाउने प्रबृत्ति दुर्घटनाको अर्को महत्वपूर्ण कारक भएको शाह बताउँछन् । ट्राफिकलाई छलेर अगाडि बढ्दा कुनै युद्ध जितिए जस्तो महसूस गर्ने, अभिभावकहरुले पनि आफ्ना बालबच्चा कहाँ र किन जाँदैछन् भन्ने कुराको हेक्का नराख्दा दुर्घटना बढेको देखिएको ट्राफिक प्रहरी प्रमुख शाहको भनाई छ । 

सडक अनुशासन कायम राख्दै सवारी दुर्घटना कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको उनी बताउँछन् । शाहका अनुसार  विभिन्न विद्यालय तथा क्याम्पसहरुमा गई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् । अटो-रिक्सा तथा इरिक्सा चालकहरुलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि एक महिने जनचेतनामूलक प्रशिक्षण, नेपालगञ्ज नगर क्षेत्रभित्र संचालनमा रहेका इरिक्साहरुलाई नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरी दर्ता प्रक्रियामा ल्याई रुट परमिट वितरण, बाँके जिल्ला अन्तर्गत सञ्चालनमा रहेका निर्माण सामग्री ढुवानी सेवाका टिपरहरुलाई सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू, नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा अत्याधिक ट्राफिक जाम हुने हुँदा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन आवतजावत निषेध लगायतका कार्यक्रमहरु गरिएको शाहले बताए । 

यस्तै कोहलपुर नगरपालिकासंग समन्वय गरी कोहलपुर चौराहा क्षेत्रमा अब्यवस्थित तवरले पार्किङ गर्ने गरेका सवारी साधनहरु हटाई नो-पार्किङ लेखिएका बोर्डहरु राखिएको, 

अन्य सरोकारवा निकायहरुसंग समन्वय गरी जिल्लाभित्र आवश्यक प्रर्ने स्थानहरुको छनोट गरेर सचेतनामूलक होडिङ बोर्डहरु राखिएको, सवारी दर्घटना न्यूनीकरणका लागि प्रत्येक पोष्टहरुले चालक तथा सहचालकहरुसंग रुटिङ अनुसार प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम संचालन गर्दै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

ट्राफिक प्रमुख शाहका अनुसार चाडपर्वलाई लक्षित गरी बसपार्कमा यात्रु सहायाता कक्ष निर्माण गरेर यात्रुहरुका पीरमर्का तथा यात्रुहरुसंग अन्तर्क्रिया कार्यक्रम संचालन, विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी सडक सुरक्षा कार्यक्रमहरु सञ्चालन, नेपालगञ्ज बजार  ब्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरी फुटपाथ तथा अव्यवस्थित पार्किङ हटाइएको छ । यसैगरी आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रालयसंग समन्वय गरी नेपालगञ्ज ट्राफिक पोष्टमा शौचालय निर्माण, अन्य सरोकारवाला निकायसंग समन्वय गरी ट्राफिक उपकरणहरु (म्याजिक लाइट, ह्युल लक, ब्रेथलाइजर, कोणहरु) उपल्ब्ध, नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरी ट्राफिक व्यवस्थापनका लागि एउटा मोटरसाइकल उपलब्ध, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन हुने गरी पुरस्कृत गर्ने गरेको, हुस्सु तथा बाक्लो कुहिरोको कारण हुन सक्न सवारी दुर्घटनालाई मध्यनजर गरी यस जिल्ला अन्तर्गत सम्पूर्ण सवारी साधनहरुलाई सचेतनमूलक कार्यक्रम तथा सवारी साधनहरुमा रिफ्लेक्टर स्टिकर टाँस्ने लगायत जेब्रा क्रसिङ लाइन बनाउने कार्यलाई समेत निरन्तरता दिइएको छ । सडक दुर्घटना न्यूनिकरण गर्न अबदेखि बाँके ट्राफिकले दैनिक जिल्लाभरका धेरै जसो स्थानमा राती ८ बजेदेखि ११ बजेसम्म मापसे जाँच सुरु गर्दैछ।

सवारी साधनमाथि निगरानी बढाउँदै आएको बताउने बाँके ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक बर्षको ६ महिनामा झण्डै ९४ लाख राजश्व संकलन गरेको छ । साउनदेखि हालसम्म १५९५० सवारी साधन कारवाहीमा ९३ लाख ८० हजार ५ सय राजश्व संकलन भएको हो । सबैभन्दा बढी सवारी कारवाही कार्तिक महिनामा हुँदा बढी राजश्व पनि यही महिनामा उठेको छ । ३१५० सवारी साधन कारवाहीमा पर्दा १८ लाख १० हजार राजश्व उठेको हो । अघिल्लो आर्थिक बर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार पाँच सय राजश्व उठाएको थियो । 

चालू आर्थिक बर्ष २०७९८० को हालसम्म जिल्लामा ५३ वटा सवारी दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएको तथ्यांक ट्राफिक प्रहरीसंग छ ।


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP