नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा दादुरा संक्रमित १०८ पुगे, पाँच दिनमा ३९३२ जनालाई खोप
नेपालगञ्जमा दादुरा संक्रमित १०८ पुगे, पाँच दिनमा ३९३२ जनालाई खोप
बागेश्वरी पोस्ट
बुधबार, पुस २७, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा दादुरा संक्रमित १०८ पुगे, पाँच दिनमा ३९३२ जनालाई खोप

नेपालगञ्ज । नेपालगञ्ज यही पुस १२ गतेदेखि फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या १०८ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी १० वटा वडाका १०८ जनामा संक्रमण देखिएको हो । हिजो मात्रै थप १८ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् । बाँकेमा दादुराको संक्रमण पुष्टि भएका बिरामीकाे संख्या १ सय १० पुगेकाे छ । खजुरामा २ जनामा यसअघि दादुराको संक्रमण पुष्टि भएको थियाे । 

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमित मध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । अरू संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । मिजल्स भाइरसका कारण केही दिनअघि नेपालगञ्ज ५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो । उपमहानगरले संक्रमित देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुरा विरुद्धको खोप दिइरहेको छ । खोप अभियान शुरु गरेको पाँचौं दिनसम्म नेपालगञ्जका ३९३२ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको श्रेष्ठले बताए ।

दादुराको रोकथाम र नियन्त्रणका लागि दादुरा-रुबेला विरुद्धको खोप लगाउने कार्यलाई अभियानकै रुपमा अघि बढाइएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । उनका अनुसार आज पनि विभिन्न ७ वटा वडाका १३ वटा खोप केन्द्रहरुबाट खोप लगाउने कार्य भइरहेको छ । १, ४, ५, ७, ८, १४, १५ वडामा आज खोप चलिरहेको छ । महाशाखा प्रमुख चन्दका अनुसार संक्रमित हुनेमा अधिकांश ५ देखि १० वर्ष उमेर समूहका बालबालिका छन् । ती मध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ ।


 


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP