नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा १० हजारलाई दादुरा खोप, स्टक पर्याप्त, थपिँदै दादुरा संक्रमित
नेपालगञ्जमा १० हजारलाई दादुरा खोप, स्टक पर्याप्त, थपिँदै दादुरा संक्रमित
नेपालगञ्जमा ८२ जना दादुरा संक्रमित निको भए
बागेश्वरी पोस्ट
बिहीबार, पुस २८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा १० हजारलाई दादुरा खोप, स्टक पर्याप्त, थपिँदै दादुरा संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा खोप अभियान चलेको सातौं दिनसम्म झण्डै १० हजार जनाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ९९६३ जनालाई खोप लगाइएको जानकारी दिए ।  

दादुरा प्रभावित वडाहरुमा खोप अभियान चलिरहेको छ । श्रेष्ठले ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको बताए । अहिलेसम्म प्रगति प्रतिशत ५४.१८ रहेको छ । खोप लगाउने लक्षित संख्या १८३९० छ । यही पुस १२ गतेदेखि फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या जिल्लाभर १३३ पुगेको छ । आज कोहलपुरमा पनि एक जना दादुराका विरामी भेटिएका छन् । नेपालगञ्जमा १३०, खजुरामा २ र कोहलपुरको वडा नम्बर १४ मा १ जना दादुराका विरामी भेटिएका हुन् ।  

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ४, ५, ७, ८, ९, १०, ११, १४, १५, १६, २१ र २२ मा गरी १४ वटा वडाका १३० जनामा संक्रमण देखिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । नेपालगञ्जमा आज मात्रै थप १७ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् । दादुरा प्रभावित वडामा अब वडा नम्बर ४ र २१ पनि थपिएको बस्नेतले बताए । 

जनस्वास्थ्य निरीक्षक बस्नेतका अनुसार संक्रमित मध्ये ४७ जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ भने ८२ जना निको भइसकेका छन् । दादुराबाट केही दिनअघि नेपालगञ्ज ५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो ।

दादुराको रोकथाम र नियन्त्रणका लागि दादुरा-रुबेला विरुद्धको खोप लगाउने कार्यलाई अभियानकै रुपमा अघि बढाइएको जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए । उनका अनुसार आज पनि विभिन्न ८ वटा वडाका १५ वटा खोप केन्द्रहरुबाट खोप लगाइएको छ । १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा-रुबेला खोप प्रदान गरिएको बस्नेतले जानकारी दिए । भोली १, ४, ५, ७, ८, १०, ११, १४ र १५ नम्बर वडाका १३ वटा खोप केन्द्रबाट दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । 

संक्रमित हुनेमा अधिकांश ५ देखि १० वर्ष उमेर समूहका बालबालिका छन् । ती मध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ ।

श्रेष्ठले आज प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रबाट ३०००० डोज दादुरा रुबेला खोप प्राप्त भएको बताए । उनले अझै ३६५०० डोज स्टक रहेको जानकारी दिए । श्रेष्ठले जिल्लामा लक्षित समुहलाई लगाइने दादुरा-रुबेला खोप र भिटामिन 'ए' को पर्याप्तता यथेष्ट रहेको बताए ।

No description available.


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP