नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा ९० प्रतिशतलाई दादुरा खोप, भोलीदेखि डुडुवामा पनि लगाइँदै
बाँकेमा ९० प्रतिशतलाई दादुरा खोप, भोलीदेखि डुडुवामा पनि लगाइँदै
RSG-2
दादुरा संक्रमित बालबालिका २४६ पुगे
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ६, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा ९० प्रतिशतलाई दादुरा खोप, भोलीदेखि डुडुवामा पनि लगाइँदै

नेपालगञ्ज । बाँकेका दादुरा प्रभावित क्षेत्रमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा आज पनि खोप लगाइएको छ । २५ वडामा सञ्चालन गरिएका ३२ खोप केन्द्रमार्फत खोप लगाइएको हो ।

नेपालगञ्जका ११ वडाका १३ खोप केन्द्र, नरैनापुरका ६ वडाका ११ खोप केन्द्र र खजुराका ८ वडाका ८ खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा हालसम्म खोप प्रगति ९०.४ प्रतिशत पुगेको छ । नेपालगञ्जमा लक्ष्य भन्दा बढी १०३.३१ प्रतिशत, खजुरामा ९५.६७ प्रतिशत र नरैनापुरमा ४३.९४ प्रतिशत खोप प्रगति रहेको छ ।

नेपालगञ्जमा ४४४०२ जनालाई दादुरा-रुबेला खोप लगाइएको खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिए । भोली वडा नम्बर ६, ११, १६ र १८ का ४ वटा खोप केन्द्रबाट खोप लगाइनेछ । खजुरामा १७६५९ जनालाई खोप लगाइएको खजुराका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताए । भोली पनि खजुराका ८ वडाका २० खोप केन्द्रबाट खोप लगाउने कार्यलाई निरन्तरता दिइनेछ । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा भने ६१६० जना बालबालिकालाई खोप लगाइएको छ । भोली पनि यहाँका ६ वटै वडामा ११ खोप केन्द्र सञ्चालन गरेर खोप लगाइनेछ । 

भोलीदेखि डुडुवा गाउँपालिकाका ६ वटै वडामा ११ वटा खोप केन्द्रमार्फत खोप लगाउने कार्यको सुरुवात गरिँदैछ । दादुरा-रुबेला खोप जिल्लामा पर्याप्त मात्रामा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताए । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइँदैछ । 

नेपालगञ्जमा मात्रै हालसम्म २०० जना बालबालिका दादुरा संक्रमित भएका छन् । यी मध्ये १६९ जना निको भएका छन् भने ३० जना घरमा आइसोलेसनमा छन् । एक जनाको मृत्यु भएको छ । बाँकेमा २४६ जना संक्रमित छन् । यी मध्ये १८४ जना निको भएका छन् । ६१ जना घरमै उपचारमा छन् । 


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP