prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान फागुन ११ गतेदेखि
बाँकेमा हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान फागुन ११ गतेदेखि
banijya office
बागेश्वरी पोस्ट
बुधबार, फागुन ३, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान फागुन ११ गतेदेखि

नेपालगन्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय पत्रकार अन्तरिक्रया कार्यक्रममा अभियानको तयारीबारे जानकारी गराइएको हो।

nepalgunj 081-082

यो पटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधि सेवन गर्न उनको आग्रह छ ।

नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । त्यसैगरी कोहलपुर र डुडुवामा ७८-७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३-७३, नरैनापुरमा ७४ प्रतिशतले औषधि सेवन गर्दा जानकी गाउँपालिकामा भने सबैभन्दा धेरै ८० प्रतिशतले औषधि सेवन गरेका थिए ।

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण बाँकेमा हात्तीपाइले रोग विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधि खाने मानिसहरु पनि हात्तीपाइलेको जोखिममा पर्ने गरेका छन् । बाँकेमा आर्थिक वर्ष २०६७-०६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।

उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधि सेवनको कभरेज घट्दै गएको हो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी गराउन मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवि सबै वर्गको भूमिका आवश्यक रहेको भन्दै यो अभियानलाई सफल बनाउन आग्रह गरिन् ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको उनको भनाई छ । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाक्स सर्भे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधि खुवाउन लागिएको बताइन् ।


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP