prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा वडा नम्बर ३ बाट 'हात्तीपाइले औषधि सेवन अभियान' सुरु
नेपालगञ्जमा वडा नम्बर ३ बाट 'हात्तीपाइले औषधि सेवन अभियान' सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ११, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा वडा नम्बर ३ बाट 'हात्तीपाइले औषधि सेवन अभियान' सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम सुभारम्भ गरिएको हो । 

No description available.

‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । अभियान सुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बद्री चापागाईं, नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा.रोमन किदवाई, डा.रोमा बोरा लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले औषधि सेवन गरेर अभियानको सुभारम्भ गरेका थिए । 

No description available.

औषधि सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अग्रवालले हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भन्दै यसबाट जोगिन औषधि सेवन गर्नुको विकल्प नरहेको बताए । जिल्ला समन्वय समिति प्रमुख चौधरीले आफ्नो स्वास्थ्यको लागि दायाँबायाँ नसोचेर निर्धक्कका साथ औषध सेवन गर्न आग्रह गरे । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले अफबाह र हल्लाका पछि नलागेर ढुक्क भएर औषधि सेवन गर्न नेपालगञ्जबासीलाई आग्रह गरे । उनले आफ्ना बालबालिकालाई दादुरा खोप नलगाउँदा भोगेको दुःख र पीडा सम्झँदै हात्तीपाइलेको औषधि सेवन गर्न आग्रह गरे । नगर प्रमुख विष्टले औषधि खाए नखाएको एकिन विवरण राख्न स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिए । 

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा. किदवाईले औषधिको कुनै साइड इफेक्ट नरहेको प्रष्ट पार्दै हात्तीपाइेले रोगबाट बच्न ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे । नेपालगञ्जमा सबैभन्दा कम कभरेज भएको वडा नम्बर ३ बाट अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार मुस्लिम समुदायको बसोबास रहेको वडा नम्बर ३ मा २१ प्रतिशत मात्र कभरेज रहेको छ । नेपालगञ्जमा हाल साढे चार सयको हाराहारीमा हात्तीपाइलेका रोगी रहेको चन्दले जानकारी दिए । औषधि सेवन गरेका व्यक्तिहरु पनि औषधि सेवन नगर्ने व्यक्तिहरुका कारण जोखिममा रहेको चन्दले बताए । उनले पछिल्लो समय नयाँ रोगीहरु भेटिएकाले सबै गम्भीर भएर औषधि सेवन कार्यक्रमलाई सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
 
स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् । 

यो औषधि खाली पेटमा खानु नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP