नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरमा ७२ जनाले सेवा लिए
प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरमा ७२ जनाले सेवा लिए
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २३, २०७९ बागेश्वरी पोस्ट
प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरमा ७२ जनाले सेवा लिए

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिका–७ आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धि शिविरमा ७२ जना महिलाले सेवा लिएका छन् । स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान गरी उपचारमा सहजता ल्याउने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो ।

No description available.

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सेवा लिएका मध्ये केही महिलामा अब्स्ट्रेटिक फिस्टुलाको समेत समस्या देखिएको पाइएको शाखाका नर्सिङ्ग फोकल पर्सन लोकमाया भारतीले जानकारी दिइन् । उनका अनुसार एक जना महिलाको भने पाठेघरकै शल्यक्रिया गर्नुपर्ने भएकाले रिफर गरिएको छ । पाठेघर मुखको क्यान्सर, अब्स्ट्रेटिक फिस्टुला, स्तन क्यान्सर लगायतको निःशुल्क पहिचान गर्ने, सम्भव हुने केशमा प्रारम्भिक उपचार गर्ने तथा जटिल खालको समस्या देखिए शल्यक्रियाका लागि रिफर गर्ने गरी स्वास्थ्य शाखाले वडास्तरमा शिविर सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।

स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको पहिलो दिनको शिविरको कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी, मेडिकल कलेज कोहलपुरमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. दुर्गा बिसी र वडा अध्यक्ष ठग्गा थारुले ३८ वर्षीया शान्ति बोहोरा र ६० वर्षीया जयकला सुनारलाई पर्चा हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सुवेदीले अस्पतालको पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन घरदैलोमा शिविर गरिएको जानकारी दिइन् । उनले कुनै पनि महिलाहरु रोग लुकाएर पीडादायी जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको भन्दै महिलामा जटिल समस्याको रुपमा रहेको पाठेघर, स्तन क्यान्सर जस्ता रोगको समयमै पहिचान गरी उपचारमा सहजता ल्याउन शिविरले ठूलो भूमिका निर्वाह गर्ने बताइन् । यस्तै वडा अध्यक्ष ठग्गा थारुले पनि उपचारको पहुँच भन्दा बाहिर रहेका महिलाहरुले आफ्नै घरआँगनमा सेवा पाउनु सुखद कुरा भएको बताए ।

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विसीले यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने बताइन् । महिलाहरु लाज र डरका कारण पाठेघर समस्याबारे खुल्न चाहँदैनन् । तर, जटिल भइसकेपछि उपचारका लागि अस्पताल पुग्दा उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ । त्यसैले महिलाले पाठेघरको समयमै चेकजाँच गर्न जरुरी रहेको डा. बिसीको भनाई छ । यस्तै शिविर भोलि कोहलपुर–१२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पनि आयोजना गरिएको शाखा प्रमुख ठकुरीले जानकारी दिए ।

No description available.


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP