prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा निःशुल्क आयुर्वेद शिविर, ३ सय ५० बढीको  स्वास्थ्य परीक्षण
नेपालगञ्जमा निःशुल्क आयुर्वेद शिविर, ३ सय ५० बढीको  स्वास्थ्य परीक्षण
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत २५, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा निःशुल्क आयुर्वेद शिविर, ३ सय ५० बढीको  स्वास्थ्य परीक्षण

नेपालगञ्ज । नेपालगञ्जमा आज निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५० भन्दा बढीले  स्वास्थ्य परीक्षण गराएका छन् ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिविरको ब्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख विष्टले निःशुल्क विशेषज्ञ आयुर्वेद शिविरलाई उपमहानगरको २३ वटै वडामा संचालन गरिने बताए । उनले भने,‘नागरिकलाई स्वस्थ राख्न हाम्रो परम्परागत उपचार पद्धति आयुर्वेदको महत्वपूर्ण भूमिका रहन्छ । यो कार्यक्रम निकै राम्रो छ । आज १० नम्बर वडाबाट यसको सुरुवात भएको छ । अब हामीले सबै वडामा शिविरको आयोजना गर्नेछौं ।’ विष्टले नेपालगञ्जमा अवैधानिक रुपमा आयुर्वेदको उपचार गरिने गरेको पाइएको भन्दै भारतीय नक्कली डाक्टरले बिरामीलाई भ्रमित पार्ने काम गरेकोले त्यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले काम गर्ने बताए ।

संविधान सभा सदस्य एवम् नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले आमनागरिकमा आयुर्वेदको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न शिविरले महत्वपूर्ण भुमिका खेलेको बताए । नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिको बारेमा सकारात्मक भावनाको विकास भएको भन्दै भारतीय केही नक्कली डाक्टरका कारण बिरामीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदै गएको बताए । 

निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविरको उद्घाटन कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिष्टार तथा पंचकर्म विज्ञ डा. निर्मल भुषाल, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. सन्तोष शर्मा, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनिलकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख बज्रभुषण झा लगायतको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP