prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा राष्ट्रिय भिटामिन 'ए' अभियानमा गम्भीर लापर्वाही, अभियान रोकियो
बाँकेमा राष्ट्रिय भिटामिन 'ए' अभियानमा गम्भीर लापर्वाही, अभियान रोकियो
banijya office
करिब ९० हजार बालबालिका भिटामिन 'ए' खानबाट बञ्चित
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ५, २०८० बागेश्वरी पोस्ट
बाँकेमा राष्ट्रिय भिटामिन 'ए' अभियानमा गम्भीर लापर्वाही, अभियान रोकियो

नेपालगञ्ज । बाँकेमा भोलिदेखि सुरु हुने भनिएको राष्ट्रिय भिटामिन ‘ए’ अभियान रोकिएको छ । प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको पाइएपछि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्व सन्ध्यामा आफैं भिटामिन ‘ए’ अभियान स्थगित गरेको हो । यसले बाँकेका करिब ९० हजार बालबालिका भिटामिन 'ए' खानबाट बञ्चित भएका छन् ।

nepalgunj 081-082

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवलबाट चैतको ७ गते ह.फा.न. R 490/79/80/0528 मार्फत उपलब्ध गराइएको भिटामिन ‘ए’ (MFG.LIC.NO:10/SC/POF1995, EXP DATE APRIL2023, MFG DATE :MAYA2021BATCH NO: AAE-12-4) क्याप्सुल गरिद गरिएको थियो । त्यही भिटामिन ‘ए’ मन्त्रालयले बाँकेमा पठाएको थियो ।

स्वास्थ्य कार्यालयले आठ वटै स्थानीय तहमा भिटामिन ‘ए’ पठाइसकेको थियो । सम्बन्धित पालिकाले भिटामिन ‘ए’ खुवाउन महिला स्वास्थ्य स्वयंसेविकालाई वितरण समेत गरिसकेका थिए । बाँकेमा ७ सय ८१ महिला स्वास्थ्य स्वयंसेविका छन् । बाँकेमा ८० हजार बढी  भिटामिन ‘ए’ क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भई पालिकाहरुमा वितरण भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले पनि नहेरी वितरण गरेर गम्भीर लापर्वाही गरेको छ । ८० हजार बढी क्याप्सुल वितरण गर्दा पनि एकपटक भिटामिन क्याप्सुलबारे अध्ययन/अनुगमन नगरी वितरण गर्नु ठूलो लापर्वाही हो । क्याप्सुलको प्रयोग मिति समेत निकै कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यसमा स्वास्थ्य कार्यालय मुकदर्शक बनेको देखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्य कार्यालयलाई भिटामिन 'ए' अभियान स्थगित गर्न परिपत्र आएपनि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई जानकारी नगराएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभियान स्थगित गरिएको सम्बन्धमा सामाजिक सञ्जालबाट जानकारी पाएपनि स्वास्थ्य कार्यालयले कुनै परिपत्र वा मौखिक जानकारी नगराएको बताएको छ । निमित्त प्रमुख जागेश्वर बस्नेतले यसबारे स्वास्थ्य कार्यालयले कुनै जानकारी नगराए पनि प्रदेश स्वास्थ्य निर्देशनालयको परिपत्रका आधारमा भिटामिन 'ए' नखुवाइने बताए ।  

No description available.

भिटामिन ‘ए’ को क्याप्सुलको रंग परिवर्तन भएको रिपोर्टिङ स्थानीय तहले गरेकाले तत्काल वितरण नगर्न रोक लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापर्वाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको हो । ‘समयमै भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको जानकारी प्राप्त भएकाले एउटा दुर्घटना टर्यो,' एक जना स्वास्थ्यकर्मी भन्छन्–‘गुणस्तरहीन भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदा बालबालिकाको स्वास्थ्यमा अर्को समस्या पर्न सक्थ्यो । धन्न् जोगियो ।’

बाँकेमा भोलि बुधवार र पर्सि विहीबार राष्ट्रिय भिटामिन ‘ए’ अभियानको तयारी पूरा भइसकेको थियो । स्वास्थ्य कार्यालयले स्वयंसेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । आपूर्ति केन्द्रको गम्भीर लापर्वाहीले अभियानका लागि गरिएको तयारी विफल भएको छ भने अर्कोतर्फ राज्यलाई अनावश्यक आर्थिक व्ययभार थपिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP