prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सहर भन्दा गाउँमा हात्तीपाइले रोग विरुद्धको औषधि खाने धेरै
सहर भन्दा गाउँमा हात्तीपाइले रोग विरुद्धको औषधि खाने धेरै
RSG-2
माघ २५ गतेदेखि बाँकेसहित १३ जिल्लामा औषधि खुवाइँदै
बागेश्वरी पोस्ट
बुधबार, माघ १५, २०७६ बागेश्वरी पोस्ट
सहर भन्दा गाउँमा हात्तीपाइले रोग विरुद्धको औषधि खाने धेरै

नेपालगञ्ज। बाँकेमा सहरी क्षेत्र भन्दा ग्रामीण इलाकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको दर उच्च देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार २०७४ मा जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ७९ प्रतिशत मानिसले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका थिए भने सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा ५४ प्रतिशले मात्र औषधि खाएका थिए ।

त्यस्तै २०७५ मा पनि बैजनाथमा ६९.४ प्रतिशतले औषधि सेवन गर्दा सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामै ३९.७१ प्रतिशतले मात्र हात्तीपाइले रोग विरुद्धको औषधि खाएका थिए । नेपालगञ्जको तुलनामा जिल्लाका अन्य स्थानीय तहमा पनि औषधि सेवनको दर बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो । यस बर्ष पनि बाँकेसहित १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।

जिल्लामा क्रियाशील संचारकर्मीहरुसंग आज आयोजित अन्तरक्रियामा यसपटक सहरी क्षेत्रमा पनि औषधि सेवन दर बढाउने गरी तयारी थालिएको शाहले बताउनुभयो । जिल्लाका ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधि खुलाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम् सेविका खटाइने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिनुभयो ।

फोकल पर्सन दुर्गा गौतमले आठ वटै स्थानीय तहसंग समन्वय गरेर पालिका स्तरमा स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा औषधि खुवाउने कार्यक्रम रहेको बताउनुभयो । औषधि खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौति रहेका कारण सेवन दर बढ्न नसकेको गौतमको भनाई छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रदिप रिमालले हात्तीपाइले रोग विरुद्धको औषधि कैयौं बर्षदेखि प्रयोगमा आएपनि गलत बुझाईका कारण सेवन गर्न हिच्किचाउने गरेको बताउनुभयो ।

उहाँले यही अवस्थामा बाँकेमा अझैं २०७८ सम्म औषधि खुवाउनुपर्ने अवस्था रहेको बताउनुभयो । इक्वेल एक्सेस नेपालका प्रमुख उपेन्द्र अर्यालले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडिया र मिडियाकर्मीको भूमिका अहम् हुुने भन्दै प्रभावकारी मिडिया क्याम्पेनका लागि आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडियाको साथ रहँदै आएको बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP