prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पाठेघरको क्यान्सर पहिचान गर्न निःशुल्क शिविर गर्दै नेपालगञ्ज उपमहानगर
पाठेघरको क्यान्सर पहिचान गर्न निःशुल्क शिविर गर्दै नेपालगञ्ज उपमहानगर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १३, २०८० बागेश्वरी पोस्ट
पाठेघरको क्यान्सर पहिचान गर्न निःशुल्क शिविर गर्दै नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । चालू आर्थिक बर्षमा ९ वटा वडामा शिविर सञ्चालन गर्ने तय गरेको उपमहानगरपालिकाले हालसम्म ५ वटा वडामा शिविर सम्पन्न गरेको छ । २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार विभिन्न संघसंस्थासंग सहकार्य गरेर शिविर सञ्चालन भइरहेका छन् । परीक्षण गराएका मध्ये वडा नम्बर १९ मा ६ जना, वडा नम्बर १७ मा ६ जना, वडा नम्बर २० मा ५ जना र वडा नम्बर ९ मा ३ जनाको क्यान्सर ’पोजिटिभ’ देखिएको छ । 

यसैक्रममा आज (शनिवार) वडा नम्बर १७ स्थित परसपुर स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा कान्ति हेल्थ लाइनको आयोजना एवम् नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा निःशुल्क शिविर गरिएको हो । शिविर शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित चेकजाँच गराउन आग्रह गरेका छन् । क्यान्सर हुनु भन्दा अघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख विष्टले नगरबासीको सहजताका लागि ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए । 

No description available.

नगर उपप्रमुख कमरुद्दिन राईले महिलाहरुले लाज मानेर आफ्ना समस्या खुलेर नभन्ने प्रबृत्ति रहेको बताउँदै महिलाहरुलाई निर्धक्कका साथ आफ्नो पाठेघर परीक्षण गराई स्वास्थ्य अवस्थाका बारेमा बेलैमा जानकार रहन आग्रह गरे । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना भइरहेकाले मौकाको लाभ लिन आग्रह गरे । चन्दले क्यान्सर ‘पोजिटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताए । उनले क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने बताए । कान्ति आरोग्य अस्पतालकी निर्देशक डा.रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्थामा बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिइन् । 

वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मणप्रसाद बर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत स्वास्थ्यकर्मी र पाठेघर परीक्षण गराउने महिलाहरुको उपस्थिति रहेको थियो । शिविरमा १८० जनाको पाठेघर परीक्षण गरिएको डा.बोराले जानकारी दिइन् । ती मध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सुशिल कोइराला क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनिल घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले शिविरमा पाठेघर परीक्षण गरेको थियो । 

No description available.No description available.


 


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP