prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा सुरु भयो 'म्याग्जिलो फेसियल' सर्जरी सेवा
भेरी अस्पतालमा सुरु भयो 'म्याग्जिलो फेसियल' सर्जरी सेवा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २, २०८० बागेश्वरी पोस्ट
भेरी अस्पतालमा सुरु भयो 'म्याग्जिलो फेसियल' सर्जरी सेवा

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा. श्यामकिशोर चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको हो ।

बाँसगढी नगरपालिका ६ बर्दियाका १४ वषीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतिको शुक्रबार एकै पटक सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

१४ वर्षीया बालिकाको विगत ६ महिनादेखि चिउडो सुन्निएको र तलका ४ वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपीडीमा उपचारका लागि आएका थिए । त्यस्तै रुकुम पश्चिमका २८ वर्षीया युवति घरको सिडिबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्था लिएर अस्पताल आए ।

उनीहरु दुवै जनाको हिजो सफलतापूर्वक शल्यक्रिया भएको अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले जानकारी दिए । डा.चौधरीको नेतृत्वमा भएको सर्जरीमा डा. निर्माण शाह, डा. प्रविन थापा, डा. निशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा. कृष्ण आचार्य, डा. पारश पाण्डे लगायत नर्सिङ स्टाफहरुको सहभागिता थियो ।

यसअघि यो सेवा भेरीमा उपलब्ध नहुँदा बिरामीहरु निजी अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

‘पहिलोपटक भेरी अस्पतालमा म्याग्जिलो फेसियल सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाइँले भने, 'विशिष्टिकृत सेवा थप्दै गएका छौं । भेरीको सेवालाई हिजो भन्दा आज, आज भन्दा भोलि राम्रो बनाउने हाम्रो प्रयास हो ।’

भेरी अस्पतालमा लामो समयदेखि म्याग्जिलो फेसियल सर्जरीको माग हुँदै आएपनि विज्ञ चिकित्सक नहुँदा यस प्रकारको शल्यक्रिया हुन सकेको थिएन । म्याग्जिलो फेसियल सर्जरीका लागि अस्पतालसँग सामान्य औजार उपकरण उपलब्ध छ । तर, विशिष्टकृत उपकरणहरूको भने अस्पतालसँग अभाव छ ।

म्याग्जिलो फेसियल सर्जरीका लागि आवश्यक उपकरणहरु उपलब्ध भए जस्तो सुकै अपरेसन पनि भेरीमै सम्भव हुने डा.चौधरीको भनाई छ । सडक दुर्घटना, टाउकोका क्यान्सर आदिमा नाक, कान, घाँटी, ओरल एन्ड म्याक्जिलो फेसियल सर्जन र न्यूरो सर्जनहरूको संयुक्त टोली बनाएर समेत आ-आफ्नो क्षेत्रको अपरेसन गर्नुपर्ने हुन्छ ।

भेरी अस्पतालमा हाल दुई जना न्यूरो सर्जन, ४ जना  ENT & HNS  सर्जन र एक जना ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन उपलब्ध भैसकेकाले अब टाउँकोको अपरेसन, म्याग्जिलो फेसियल सर्जरी लगायत गर्न भारतका सहर वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चापागाइँको भनाई छ ।

बिरामीको बढ्दो चापका कारण भने ओटीको स्थान अभाव छ । सर्जनहरूले अपरेसनको ‘स्लट’ पाउन सकिरहेका छैनन् । डा.चापागाइँले बजेट अभावका कारण माग अनुसारका औजार उपकरण उपलब्ध गराएर सर्जनहरूको उत्साहमा उर्जा भर्न नसकिएको बताउँछन् ।

न्यूनतम सेवा मापदण्डमा हालसम्म मूल्याङ्कन गरिएका अस्पतालहरूमा सबैभन्दा उच्च अंक ल्याएको भेरी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय र स्तरीय बनाउँदै लगेको छ । जनताका असीमित माग छन् । ती सबै माग सम्वोधन गर्न अस्पताल प्रशासनलाई गाह्रो छ । सम्भव पनि नहोला । तर, अस्पतालको सिंगो टिम बिरामीलाई स्तरीय सेवा दिने सवालमा कहिँकतै नडगमगाएको डा.चापागाइँ बताउँछन् ।


प्रकाशित मिति: शनिबार, असार २, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP