prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज-४ मा सञ्चालित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको उद्घाटन
नेपालगञ्ज-४ मा सञ्चालित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको उद्घाटन
banijya office
बागेश्वरी पोस्ट
सोमबार, साउन १, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज-४ मा सञ्चालित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको उद्घाटन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा सञ्चालित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा उद्घाटन गरेका छन् । 

nepalgunj 081-082

May be an image of 2 people

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको बताए । नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउँदै राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीनै तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याए । उनले संविधानले नागरिकलाई प्रदत्त गरेको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी स्थानीय सरकारहरुले काम गर्नुपर्नेमा जोड दिए । 

May be an image of 8 people, dais and text

नगर प्रमुख प्रशान्त विष्टले अब गरिने उपचार विरामी भएपछि नभई नागरिकलाई रोग लाग्नै नदिने गरी हुनुपर्ने भन्दै सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले त्यस कार्यमा अहम् भूमिका खेल्ने बताए । विष्टले स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढंगले अघि बढाउन सक्ने भन्दै उहाँले स्वस्थ नागरिक तयार गर्न प्रबद्र्धनात्मक कार्यक्रममा जोड दिँदै आएको उल्लेख गरे । नसर्ने रोगहरुको जोखिम बढदै गएको भन्दै नगर प्रमुख विष्टले स्वास्थ्य सचेतना जरुरी रहेको बताए ।
 
नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट भेरी अस्पताल भन्दा २० प्रतिशत सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने बताउँदै आगामी दिनहरुमा गरिव दुःखीहरुका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी अगाडि बढ्ने उल्लेख गरे । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले २३ वटै वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले काम गर्ने बताए । उनले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्य समेत रहेको बताए । पुनले विहान ७ बजेदेखि ९ तथा विहान १० देखि दिउँसो १ बजेसम्म सुलभ शुल्कमा विभिन्न प्रयोगशाला जाँचहरु गरिने जानकारी दिए । 

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । 

May be an image of 5 people, motorcycle and text


प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP