नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यी हुन् प्रजातान्त्रिक प्यानलका पदाधिकारीका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यी हुन् प्रजातान्त्रिक प्यानलका पदाधिकारीका उम्मेदवार
RSG-2
राप्रपाका बेहना उपाध्यक्षका उम्मेदवार
सौरभ गिरी
मंगलबार, साउन १६, २०८० सौरभ गिरी
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यी हुन् प्रजातान्त्रिक प्यानलका पदाधिकारीका उम्मेदवार

नेपालगञ्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आगामी भदौ २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो प्यानलबाट पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रजातान्त्रिक  प्यानलले लगभग सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसकेको नेपाली कांग्रेस बाँकेबाट निर्वाचनमा खटिएका उपसभापति गोपाल अधिकारीले बताए । उपसभापति अधिकारीका अनुसार अध्यक्षका उम्मेदवार ललित रौनियार प्यानलमा राप्रपाबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का सभापति मो. सफिक बेहनाले उद्योगतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिँदैछन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका एक व्यापारी नेताले  नेपालगञ्ज ४ का निवर्तमान वडाध्यक्ष समेत रहेका बेहना प्रजातान्त्रिक प्यानलमा आउनु राम्रो रहेको तर्क गरेका छन् । आगामी निर्वाचनमा रौनियार प्यानलबाट उद्योगतर्फको उपाध्यक्षका लागि सबैका प्रिय रहेका नेपालगञ्ज-४ का निवर्तमान वडाध्यक्ष बेहनाले उम्मेदवारी दिने भएपछि नेपालगञ्ज उद्योग वाणिज्य संघका साधारण सदस्यहरु समेत हौसिएको चर्चा छ । 

व्यवसायी बृत्तमा राम्रो छबि बनाएका बेहनाले अहिले देखिएको व्यवसायिक समस्या समाधान गर्दै संघलाई बलियो बनाउन आफूले प्रजातान्त्रिक  प्यानलबाट उम्मेदवारी दिन लागेको बताएका छन् । अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले  पुरानो शाख जोगाउन उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिँदै गरेको उनले बताए ।

आफू संघमा उद्योग उपाध्यक्ष भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बाणिज्य संघको हकहित र अधिकार संरक्षण तथा दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता बेहनाको छ । वडाध्यक्ष हुँदा होस् वा अरु बेला पनि बेहना नेपालगञ्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

सामाजिक सेवा गर्न रुचाउने बेहना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का सभापति समेत हुन् । गरिव र दुःखीका साहारा भनेर चिनिने बेहनासंग नेपालगञ्ज उपमहानगरपालिकाको कार्यबहाक मेयर भएर कार्य गरेको अनुभव समेत छ । निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा अस्पताल, सुरक्षा निकाय, गरिब, बेसहारालाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न समेत निःशुल्क वितरण गरेका थिए । 

कांग्रेस उपसभापति अधिकारीका अनुसार प्रजातान्त्रिक  प्यानलबाट पदाधिकारीतर्फ अध्यक्षमा रौनियार, उद्योगतर्फको उपाध्यक्षमा बेहना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा करिष्मा योगी (नेकपा समाजवादी), महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र  कोषाध्यक्षमा मख्खन धामी रहेका छन् । सदस्यहरुको सूचीलाई भने अझै अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।

 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP