नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा
राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ८, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको आज उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले गाउँपालिकाका ९ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शुन्यमा झारिने पनि उल्लेख गरे । ‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनको नीति लिएको छ,' उनले भने–‘आगामी आर्थिक वर्षभित्र एक-वडा एक वर्थिङ सेन्टर संचालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’

कमैयाडाडामा वर्थिङ सेन्टर संचालनमा आएपछि त्यस क्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनुपर्ने बाध्यताको अन्त्य भएको पनि अध्यक्ष पौडेलको भनाइ छ ।  गाउँपालिकाले वर्थिङ सेन्टरमा थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता जनाएका छन् । यो सँगै पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर संचालनमा आएका छन् ।  कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै वर्थिङ सेन्टर संचालनमा आइसकेका छन् । अव शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याइने पालिका अध्यक्ष पौडेलको भनाइ छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडा अध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर संचालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

२६ लाख २४ हजार ९ सय ५८ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष लवराज खरेलले जानकारी दिए । उनले वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीहरुलाई सेवा लिन सहज भएको बताए । नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिव एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि संचालनमा ल्याइएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाईकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी छन् । तर, वर्थिङ सेन्टर संचालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तीले बताइन् । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ओपिडी, डट्स सेन्टर, कुपोषित बालबालिका उपचार केन्द्र, सुरक्षित मातृत्व लगायतका सेवा प्रवाह गर्दै आएको अहेव चेतनाथ थारुले जानकारी थिए ।


प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP