Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द
बाँकेमा चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द
RSG-2
निजी क्लिनिकमा पनि नबस्ने उद्घोष
बागेश्वरी पोस्ट
बिहीबार, असोज ११, २०८० बागेश्वरी पोस्ट
बाँकेमा चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

नेपालगञ्ज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु आज काम छाडेर सडकमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरु आजदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले आजदेखि निजी क्लिनिकमा समेत नबस्ने बताएका छन् ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको संघका अध्यक्ष डा.बिनोद कुमार थापाले बताए । सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने पनि उनको भनाई छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेर आन्दोलनमा उत्रेको संघका पूर्व अध्यक्ष डा. विनोद कर्णले बताए ।

‘हाम्रो आन्दोलनका कारण कुनै पनि बिरामीहरु उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्ने नै थियो,ु भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा. अञ्जन कार्कीले भने–‘तर उपचार गर्दागर्दै पनि जसरी हामीमाथि निरन्तर आक्रमण हुन थाल्यो, यसले गम्भीर परिस्थिति सिर्जना गरेको छ । यो हाम्रो रहर नभएर बाध्यता हो ।’

पोखरा, हेटौंडा, गुल्मी, मोरङ लगायतका जिल्लामा श्रृंखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको चिकित्सकहरुको भनाई छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि चिकित्सकहरु सुरक्षाको माग गर्दै आन्दोलनमा छन् ।


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP