नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पताल पुगेर भूकम्पका घाइतेलाई भेटे उपप्रधानमन्त्री खड्काले
भेरी अस्पताल पुगेर भूकम्पका घाइतेलाई भेटे उपप्रधानमन्त्री खड्काले
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १९, २०८० बागेश्वरी पोस्ट
भेरी अस्पताल पुगेर भूकम्पका घाइतेलाई भेटे उपप्रधानमन्त्री खड्काले

नेपालगन्ज ।  उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज अपरान्ह भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन् । 

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेहरूको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए । उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालहरुमा भूकम्प प्रभावित घाइतेहरुको प्रभावकारी उपचार, उद्दार र राहतका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पतालमा उपचाररत घाइतेहरुको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले भूकम्प प्रभावित जिल्लाहरुका घाइतेको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ । भेरीमा भूकम्पका घाइतेको उपचारका १०५ बेड छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिममा ३७ जना घाइतेहरूको भेरीमा उपचार भइरहेको छ । एक जना भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP