prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नसर्ने रोगको अवस्था भयाबह, ९० प्रतिशत विरामी नसर्ने रोगका
नसर्ने रोगको अवस्था भयाबह, ९० प्रतिशत विरामी नसर्ने रोगका
banijya office RSG-2
नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १२, २०८० बागेश्वरी पोस्ट
नसर्ने रोगको अवस्था भयाबह, ९० प्रतिशत विरामी नसर्ने रोगका

नेपालगञ्ज । नेपालमा नसर्ने रोगको अवस्था भयाबह बन्दै गएको छ । अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा आज नेपालगञ्जमा आयोजना गरिएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यशाला गोष्ठीमा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुजन जोशीले प्रस्तुत गरेको तथ्यांक अनुसार नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको छ । नेपालमा मुख्य गरेर मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वास र मानसिक समस्या जस्ता नसर्ने रोगको ग्राफ बढ्दो छ । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने विज्ञहरुको भनाई छ । 

कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउबाले नसर्ने रोगको अवस्था नेपालमा भयाबह बन्दै गइरहेको भन्दै ती रोगहरुको रोकथामका लागि सरकारले अभियानकै रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै उनले बार्षिकरुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपर्ने उल्लेख गरिन् ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिसहरु बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने अवस्था आएको बताए । नसर्ने रोगहरुले समाजलाई गरिबीतर्फ धकेलिरहेको भन्दै उनले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याइरहेको बताए । स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकांकहरु तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा गत आर्थिक बर्षमा ६ जना तथा यस आर्थिक बर्षमा हालसम्म ३ जना गर्भवती महिलाको ज्यान जानुमा प्रमुख कारक नसर्ने रोग रहेको बताइएको छ । 

No description available.

कार्यशाला गोष्ठीमा उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौति बनेको बताए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सुरक्षित मातृत्वका लागि नसर्ने रोगहरुको जोखिम कम गर्न स्वस्थ सहर अभियानका लागि सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा कार्यक्रम सुरु भएको छ ।

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP