नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा घट्दै एचआइभी संक्रमण दर, ५५६ जना एआरटी उपचारमा
बाँकेमा घट्दै एचआइभी संक्रमण दर, ५५६ जना एआरटी उपचारमा
भोलि विश्व एड्स दिवस, नेपालगन्जमा सचेतना र्याली निकालिँदै
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १४, २०८० बागेश्वरी पोस्ट
बाँकेमा घट्दै एचआइभी संक्रमण दर, ५५६ जना एआरटी उपचारमा

नेपालगन्ज । बाँकेमा थप १०९ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा एचआइभी परीक्षण गर्दा १०९ जना पोजिटिभ भेटिएका हुन् । त्यस अघिको वर्षमा ११ हजार ७४५ को परीक्षण गर्दा १५७ संक्रमित फेला परेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार बाँकेमा अहिले ५५६ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेका छन् । ५५६ मध्ये ४१० जना बाँके जिल्लाकै हुन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज नेपालगन्जमा आयोजना गरिएको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो ।

भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा नि:शुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७२ जनाको मृत्यु भएको तथ्यांक छ । भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकल पर्सन डा. संकेत रिसालले भेरी अस्पतालमा २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र नि:शुल्क औषधि वितरण गरिरहेको बताए । उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए ।  'गुम्सिएर नबसौं, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरे रोग नियन्त्रण हुन्छ, उपचार सम्भव छ,' डा. रिसालले भने ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स संक्रमण दर घट्दो क्रममा रहेको बताइन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र काउन्सिलिङलाई व्यापक बनाइएको जानकारी दिए । चन्दले नेपालगन्ज उपमहानगरपालिकाले एचआइभी संक्रमितलाई प्रोत्साहन भत्ता समेत दिँदै आएको बताए । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताए ।

'समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं' भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औं विश्व एड्स दिवस मनाइँदैछ । नेपालगन्जमा पनि भोलि सचेतनामूलक र्याली निकालिँदैछ । भेरी अस्पतालबाट विहान साढे ७ बजे निस्कने र्याली बसपार्क पुगेर समापन हुने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विनोद विकले बताए । नेपालमा ३० हजार एचआइभी संक्रमित छन् । वयश्क जनसंख्याको ०.१२ प्रतिशतमा एचआइभी संक्रमण दर छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP