नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेको राप्तीसोनारीबाट सिकलसेल निःशुल्क बीमा कार्यक्रम सुरु
बाँकेको राप्तीसोनारीबाट सिकलसेल निःशुल्क बीमा कार्यक्रम सुरु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २५, २०८० बागेश्वरी पोस्ट
बाँकेको राप्तीसोनारीबाट सिकलसेल निःशुल्क बीमा कार्यक्रम सुरु

नेपालगञ्ज । लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुवात गरेका हुन् ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताए । उनले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न वीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताए । उनले थारुबाहुल जिल्लाहरुमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट लैजाने प्रतिबद्धता जनाए । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने बताए । उनले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

सहरी विकास मन्त्री नमुनाले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताइन् । उनले रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औंल्याइन् । लुम्विनी प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बीमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराइन् । उनले सिकलसेलका बिरामीलाई आजीवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिए । ७० हजार जनसंख्या रहेको राप्तीसोनारीमा ३५ हजारको संख्यामा थारु समुदाय रहेकाले उनीहरु सबैको स्क्रिनिङ गरेर रोगीको पहिचान गर्ने अभियानमा पालिका रहेको पनि अध्यक्ष पौडेलको भनाई छ । उनले सिकलसेल जाँचका लागि आवश्यक पर्ने केमिकल महँगो पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह पनि गर्नुभयो ।

वीमा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य माया पुन, मीना सिद्धिकी, सुशिला नेपाली, गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, भेरी अस्प्ताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, राप्तीसोनारी र नरैनापुरका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले गरेको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता मीनराज खड्काले जानकारी दिए ।

प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा ३ हजार ३ सयदेखि चार हजारको हाराहारीमा सिकलसेलका रोगी पुष्टि भएका छन् । ती मध्ये कतिपयलाई स्थानीय सरकारले आफैं बीमा गरिदिएको छ । बीमा कार्यक्रममा नसमेटिएका लक्षित वर्गलाई प्रदेश सरकारले वीमा गर्ने नीति लिएको लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी दिए ।

३ हजार ५ सय रुपैयाँको वीमा गरेवापत उनीहरुका ५ जना परिवारले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् । सिकलसेल रोगीलाई भने संघीय सरकारले नै उपचार खर्च एक लाख दिँदै आएको छ । सिकलसेलका बिरामीले आजीवन औषधि खानु पर्ने भएकाले यो रकम अपुग हुने गरेको पीडितहरु बताउँछन् ।


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP