prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्ज न्यूरो ट्रमा हस्पिटलले दियो राप्तीसोनारीको लौकीमा नि:शुल्क स्वास्थ्य परामर्श
नेपालगन्ज न्यूरो ट्रमा हस्पिटलले दियो राप्तीसोनारीको लौकीमा नि:शुल्क स्वास्थ्य परामर्श
banijya office
बागेश्वरी पोस्ट
बुधबार, फागुन ९, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज न्यूरो ट्रमा हस्पिटलले दियो राप्तीसोनारीको लौकीमा नि:शुल्क स्वास्थ्य परामर्श

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको लौकीमा विद्यार्थी तथा अभिभावकहरुलाई स्वास्थ्यसम्वन्धि सचेतना फैलाउने काम गरिएको छ ।

nepalgunj 081-082

राप्तीसोनारी- १ लौकीको सिद्देश्वर महादेव माध्यमिक बिद्यालयमा केही दिन अघिदेखि त्यहाँ अध्ययनरत छात्रामा चिच्याउने, बर्बराउने, अर्धअचेत हुने लगायतका लक्षणहरु देखिएको पाइएपछि नेपालगन्ज न्यूरो ट्रमा एण्ड  मल्टिस्पेस्यालिटी हस्पिटलको चिकित्सक टोलीले विद्यालयमा पुगेर विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उक्त रोगबारे सचेतना फैलाउने काम गरेको हो ।

अस्पतालका वरिष्ठ  न्यूरो सर्जन डा.जोशन न्यौपानेले एक किसिमको मानसिक रोगका कारण यस्तो समस्या निम्तिने गरेको बताए । अत्याधिक तनावको कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन सक्ने भन्दै उहाँले यो विस्तारै आफैं ठिक भएर जाने रोग भएकाले तनाव व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए ।

'मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्राहरुमा लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन्,' उनले भने- 'कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो ।' उनले गाउँघरमा यस्ता खाले समस्या देखिए धामी झाक्री कहाँ पुग्ने गरेको पाइएको भन्दै समस्याको पहिचान गरेर उपचारतर्फ ध्यान दिन सुझाव दिए ।

यस्तो समस्या देखिएपछि बालबालिकाहरुलाई तनाव व्यवस्थापनतर्फ अभिभावक तथा शिक्षकहरुले ध्यान दिनुपर्ने सुझाव पनि न्यूरो सर्जन डा. न्यौपानेले दिएका थिए । 

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले विद्यालयमै आएर बिद्यार्थीको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै परामर्श सेवा प्रदान गरेकोमा चिकित्सक टोलीलाई धन्यवाद दिएका थिए । उनले पालिकाले स्वास्थ्य सेवामा सबैको पहुँच हुने गरी काम गरिरहेको बताए ।

अध्यक्ष पौडेलले न्यूरो अस्पतालसंग स्वास्थ्यका क्षेत्रमा संस्थागत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुगेर नि:शुल्क रुपमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परामर्श सेवा दिएको नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलका फार्मेसी इन्चार्ज दिनेश विष्टले बताए ।

वडा अध्यक्ष यमबहादुर खड्का, प्रधानाध्यापक आदित्य जिसी लगायतले विशेषज्ञ चिकित्सकसहितको टोली विद्यालयमै आएर विद्यार्थीको स्वास्थ्य अवस्थासँगै विद्यार्थी, अभिभावक, शिक्षकलाई रोगबारे सचेतना फैलाउने काम गरेको भन्दै धन्यवाद दिए । गत शुक्रबार कक्षा ७ मा अध्ययनरत एक जना छात्रामा उक्त प्रकृतिको लक्षण देखिएको थियो ।

त्यसपछि आइतवार फेरी कक्षा ७ मा अध्ययनरत थप ३ जना र कक्षा १० मा अध्ययनरत एक जना छात्रामा उही प्रकृतिको लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक जिसीले बताए । उक्त कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्थानीयबासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

 

 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP