नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवा गाउँपालिकामा हात्तीपाइलेको म्याद नाघेको औषधी खुवाइएको छैन्,गलत भ्रम नफैलाउन आग्रह
डुडुवा गाउँपालिकामा हात्तीपाइलेको म्याद नाघेको औषधी खुवाइएको छैन्,गलत भ्रम नफैलाउन आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ७, २०७६ बागेश्वरी पोस्ट
डुडुवा गाउँपालिकामा हात्तीपाइलेको म्याद नाघेको औषधी खुवाइएको छैन्,गलत भ्रम नफैलाउन आग्रह

बाँके ।बाँके डुडुवा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको म्याद गुज्रिएको औषधी वितरण गरेको गलत भ्रम नफैलाउन आग्रह गरिएको छ।

डुडुवाको बेतहनी स्वास्थ्य चौकी अन्र्तगत वार्ड नंं २ का स्थानीय अज्ञाराम लोनियाको घरमा हेटराजन १०० एमजी नामक औषधीको म्याद गत २०१९ मा समाप्त भएको मितिको ट्याबलेटको पत्ता सामाजिक सञ्जालमा राखेर अरुलाई भ्रममा पार्नका लागि सुनियोजित ढङ्गले गाउँपालिकालाई बदनाम गरिएको भन्दै यसको खण्डन गरेको छ ।

म्याद नाघेका कुनै पनि औषधी गाउँपालिका अन्र्तगत कुनै स्वास्थ्य चौकीमा नरहेको मौजदात खातामा देखिएको र त्यस्तो औषधी कसैलाई पनि वितरण नगरेको र पुरानो मौज्दात खातामा म्याद नाघेको  औषधी नभएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयले सो औषधी आफ्नो कार्यालयबाट नगएको बताएको छ । स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाहले कार्यालयले दिएको ब्याच नंम्वर संग उक्त औषधी मेल नखाएको बताउनुभयो । उहाँले अनलाईनमा डाटा इन्ट्री रहेको र सो डाटालाई कसैले चलाउन नसकिने बताउनुभयो । उहाँले अन्यत्र कतैबाट औषधी ल्याएर गाउँपालिकालाई नै बदनाम गर्ने कार्य भएको भन्दै यसको विरोध गर्नु भयो ।

उहाँले स्वास्थ्य जस्तो संबेदनशिल विषयलाई लिएर गाउँपालिकाको नाममा गलत अफवाह फैलाउने कार्य मानवको हितमा नभएको भन्दै यस्ता कार्य जो कोहीबाट भएपनि तत्काल रोक्न माग गर्दै सो घटनामा सत्यतथ्य पत्ता लगाउन छानविन गर्नु पर्ने बताउनुभयो । सो घटना बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार घटनास्थल बेतहनी स्वास्थ्य चौकीमा पुगेर औषधीको खोजतलास तथा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा औषधी स्टोर तथा स्थानीय अज्ञारामको घरमा पुगेर समेत खोजतलास गर्दा स्वास्थ्य चौकीले वितरण गरेको कुनै पनि म्याद गुज्रिएको औषधी नभेटिएको पाइएको छ । लोनियाको घरमा ११ जनाको परिवारमध्ये १० जनाले औषधी सेवन गरेको र एक जनाले मात्र सेवन नगरेको दर्ता रेकर्डमा देखिएपनि बाँकी सिंगो औषधी अन्यत्रबाट ल्याएर बदनाम गर्न खोजिएको ठहर गरिएको हो ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो । हात्तीपाइलेविरुद्धको औषधी नेपाल सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकालाई पठाएको सम्पूर्ण रेकर्ड रहेको गाउँपालिकाले जनाएको छ


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP