prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • २०८१ सालभरि सिंहदरबार र बालुवाटारतिर आँखा नलगाऔंः गगन थापा
२०८१ सालभरि सिंहदरबार र बालुवाटारतिर आँखा नलगाऔंः गगन थापा
banijya office
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
२०८१ सालभरि सिंहदरबार र बालुवाटारतिर आँखा नलगाऔंः गगन थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज पनि करिब आधा दिन बाँकेमै ब्यस्त भएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममाा बाँके आइपुगेका थापाले आज विहान सुरुमा नेपालगञ्जमा उद्योगी व्यवसायीसंग संवाद गरे ।

nepalgunj 081-082

May be an image of 1 person, dais and text that says 'SUNAKHARI HARI RESTAURANT PVELTO'

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको उद्योगी व्यवसायी संवादमा उनले उद्योगी व्यवसायीका समस्या र गुनासा सुने । थापाले यी समस्या र गुनासा काठमाडौं पुगेर प्रधानमन्त्री र शीर्ष नेतृत्वसमक्ष राखेर समाधानका लागि पहल गर्ने बताए । आफू एक जना सांसद पनि भएको नाताले संसदमार्फत पनि सरकारको ध्यानाकर्षण गराउने थापाको भनाई छ । उद्योगी व्यवसायीले सरकारको नीति, आर्थिक संकट, लगानीमैत्री वातावरणको अभाव, उत्पादनको उचित बजार अभाव लगायतका कारण आफूहरुले ब्यहोर्नु परिरहेको समस्या राखेका थिए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, प्रदेश सभापति अमरसिंह पुन, बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत उद्योगी व्यवसायीको ठूलो संख्यामा उपस्थिति थियो ।

May be an image of 8 people, dais and text

त्यसपछि महामन्त्री थापा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाँकेले खजुरामा आयोजना गरेको संवाद कार्यक्रममा सहभागी भए । त्यहाँ उनले नेपाली कांग्रेसले आफूभित्रको शक्ति र सामथ्र्य चिनेर संगठित गर्नुपर्ने बताएका छन् । २०८१ साललाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्ने उनको भनाई छ । कांग्रेसलाई पुनर्जागृत गर्न उनले शुद्धिकरण र सुदृढीकरणमा जोड दिए । २०८१ सालभरि कांग्रेसले बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने उनको भनाई छ । महामन्त्री थापाले अब कांग्रेसका कार्यकर्ताले अरु पार्टीको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउन नदिइने बताए । उनले निर्वाचन प्रणाली बदल्न एमालेसंग संवाद र सहकार्य आवश्यक रहेको बताए । एमालेसंगको संवाद सत्ताका लागि नभई महत्वपूर्ण विषयहरुको सम्बोधनका लागि हुने बताए । क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर पनि उपस्थित थिए ।

May be an image of 11 people, dais and text

संवाद कार्यक्रम पश्चात थापाले सुशील कोइराला क्यान्सर अस्पतालको अवस्था अवलोकनसंगै विद्यमान समस्याबारे जानकारी लिएका थिए । शनिवार पनि उनी दिनभर बाँकेमै विभिन्न कार्यक्रममा ब्यस्त थिए । बाँकेका कार्यक्रम सम्पन्न गरेर उनी आजै बर्दियातिर लागेका छन् । 

May be an image of one or more people, dais and templeMay be an image of 3 people, temple, dais and text

 


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP