prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनीमा मातृशिशु मृत्यु उच्च, बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड
लुम्बिनीमा मातृशिशु मृत्यु उच्च, बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २९, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनीमा मातृशिशु मृत्यु उच्च, बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा देशभरमै उच्च मातृशिशु मृत्युदर छ । ठूल्ठूला र सुविधा सम्पन्न अस्पताल भएपनि सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहालीलाग्दो छ । दुई दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा जिल्लास्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरूको संख्या नै १ हजार ९ सय ४० छ ।

प्रदेशमा २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ सेन्टर र ३ सय ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन् । तर, मातृशिशु मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश सबभन्दा कमजोर देखिएको छ । 

nepalgunj 081-082

लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन् । जुन देशका सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक अधिकृत मान बहादुर ओलीले तथ्यांक प्रस्तुत गर्दै देशभरको अवस्था हेर्दा प्रति १ लाख जीवित जन्ममा १५१ जना आमाले ज्यान गुमाउने गरेको उल्लेख गरे । लुम्बिनी प्रदेशमा भने ७६ हजार २४३ जीवित जन्ममा १ सय ५८ जना आमाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही छ ।

May be an image of 7 people, table, lighting and dais

तथ्यांक अधिकुत ओलीका अनुसार १५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा ७/७ जना, प्यूठान र रोल्पामा ६/६ जनाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँची र मा ४/४ जना र सबैभन्दा कम रूकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

मृत्यु हुने संख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र ५ प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ ।

मातृ मृत्यु दर सबैभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ । जन्म पश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/०८० मा प्रदेशमा ५ सय ८० जना नवजात शिशुहरूको मृत्यु भएको छ ।

लुम्विनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमाहरुमा गर्भ अवस्थाबाटै रक्त अल्पताको समस्या रहेको पाइएको छ । ८ पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने भएपनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्यांक रहेको र त्यसमा पनि ७ प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको तथ्यांक अधिकृत ओलीले बताए । नियमित रुपमा गर्भ जाँच र बच्चा जन्मिसकेपछि ४५ दिनसम्म ४ पटक सुत्केरी जाँच नगराएका कारण धेरै आमाहरुको ज्यान जाने जोखिम रहेको उनको भनाई छ ।

लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद कुमार गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उच्च मातृशिशु मृत्युदर कम गर्न बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । वडाहरुमा ब्यवस्थित बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाको अकालमा ज्यान जाने गरेको बताइएको छ । भेरी अस्पतालमा सुत्केरीहरुको चापले गर्दा बेड नपाउने समस्या र बर्थिङ सेन्टरहरुमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाइरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरेका छन् । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट जटिल अवस्थाका सुत्केरीहरु भेरी अस्पतालमा आउने भएकाले सुत्केरीलाई सहजै बेड उपलब्ध गराउन समस्या भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनजंग रायमाझीले बताए । पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा छुट्टै प्रसुति गृहको आवश्यकता रहेकाले यसको लागि तीनै तहको सरकारले चासो लिनुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

यसैगरी स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका परिवार नियोजन पर्यवेक्षक डा. कौशल भण्डारीले जनस्वास्थ्य सेवा ऐन २०७५ बारे प्रतुतिकरण गरेका थिए । सो ऐन बमोजिम नौ वटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने उहाँले बताउनुभयो । सोही अनुसार खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृशिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्धन, आयुर्वेद तथा परम्परागत स्वास्थ्यसम्बन्धि सेवाहरू आधारभूत स्वास्थ्य सेवा ऐनमा समावेश रहेको तर सुत्केरी आमाहरुले निःशुल्क सेवा पाउन नसकिरहेको बताए ।

बाँकेमा चालू आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्तीसोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ ।

नेपालगञ्जका कार्यबहाक प्रमुख राईले आममानिसमा सचेतना बढाउँदै सहज स्वास्थ्य सेवाको पहुँच बृद्धि गरे मातृशिशु मृत्युदर कम गर्न सकिने बताए ।  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गिरीले लुम्बिनी प्रदेशमा मातृशिशु मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन गरिए पनि घरमै सुत्केरी हुँदा मातृ मृत्युदर उच्च हुने गरेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपालगञ्जका वडा अध्यक्ष, कार्यपालिका सदस्य, भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरका डाक्टर, नर्स, बाँकेका विभिन्न पालिका अन्तर्गतका स्वास्थ्य शाखा प्रमुख, बर्थिङ सेन्टरका कर्मचारी र मृतक सुत्केरीका परिवारहरुको सहभागिता थियो ।

May be an image of 6 people, table, lighting and dais


प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १५:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP