नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जानकीमा पोषण विशेष कार्यक्रम अन्तर्गत गर्भवतीलाई चल्ला वितरण
जानकीमा पोषण विशेष कार्यक्रम अन्तर्गत गर्भवतीलाई चल्ला वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २५, २०८१ बागेश्वरी पोस्ट
जानकीमा पोषण विशेष कार्यक्रम अन्तर्गत गर्भवतीलाई चल्ला वितरण

जानकी (बाँके) । जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत आज कुखुराको चल्ला वितरण गरेको छ । जानकी गाउँपालिका स्वास्थ्य तथा पशु सेवा शाखाको आयोजनामा गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत कुखुराको चल्ला वितरण गरिएको हो ।

वडा नम्वर ३, ४ र ५ का गरी ५१ जना गर्भवती महिलाहरुलाई प्रति ब्यक्ति १० वटाका दरले जम्मा ५१० वटा कुखुराका चल्ला वितरण गरिएको छ । संघीय बजेटबाट प्राप्त अनुदान 'पोषण विशेष कार्यक्रम' अन्तर्गत १ लाख ५० हजार बराबरको चल्ला गर्भवती महिलाहरुलाई वितरण गर्न सुरु गरिएको पशु सेवा शाखाका प्रमुख दिल वहादुर खड्काले बताए । खड्काले गर्भवती महिलाको लागि पोषणको काम पनि गर्ने, अन्डा उत्पादन हुने र अन्डा उत्पादन भए पश्चात मासु पनि खान सक्नुका साथै बढी भएको अन्डा विक्री गरेर पैसा पनि आर्जन गर्न सक्ने माध्यम भएको बताए । ती चल्लाले ६ महिना पुगेपछि अन्डा दिन शुरु गर्छन् । आफ्नो अवधिमा प्रति चल्लाले १२० वटा अन्डा उत्पादन गर्ने खड्काले बताए । 

जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यका साथ चल्ला दिएकोमा आफूहरु खुशी भएको वडा नम्वर ४ की स्थानीय भुमा रोका र सुनिता रैदासले बताए । पालिकाले गर्भवती महिलाहरुको स्वास्थ्यको लागि अरु पनि यस्ता पोषण विशेष कार्यक्रम ल्याइदिएमा झनै राम्रो हुने उनीहरु बताउँछन् । साथै अन्डाहरु धेरै उत्पादन भएमा अन्डा विक्री गरी घरायसी समस्या समाधान हुनेमा आफूहरु विश्वस्त रहेको समेत उनीहरु बताउँछन् । 

गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना लगायत स्वास्थ्य शाखा तथा पशु सेवा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP