prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जको पुरैनीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क शिविर
नेपालगञ्जको पुरैनीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क शिविर
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २५, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जको पुरैनीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क शिविर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ । यसैक्रममा आज वडा नम्बर २२ पुरैनीमा शिविर गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर २३ रर २२ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा विहिबार गरिएको शिविरमा १ सय १० जना महिलाको पाठेघरको मुखको स्क्रिनिंग गरिएको छ । ती मध्ये १ जनामा पोजिटिभ देखिएको बताइएको छ । 

paribartan 1

कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ । पुरैनीमा शिविर शुभारम्भका क्रममा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनिल घोषले पाठेघरको मुख नियमितरूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए । पाठेघरमा घाउ भए नभएको जाँच गरेर स्क्रिनिंग गरिने डा. घोषले बताए । क्यान्सर हुनु भन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उनको भनाई छ । गर्भवती र महिनावारी भएको बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा. घोषले २४ देखि ६५ वर्षका महिलाले जाँच गराउनुपर्ने बताए । कान्ति आरोग्य अस्पतालकी डा. रोमा बोराले लाज नमानेर जाँच गराउन महिलाहरुलाई आग्रह गरिन् । वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईले शिविरबाट महिलाहरू लाभान्वित हुने बताए ।

May be an image of 11 people and people smiling

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको बताए । शिविरमा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिइन् । 


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP