prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि 'पानी भण्डारण केन्द्र'
नेपालगञ्जमा दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि 'पानी भण्डारण केन्द्र'
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि 'पानी भण्डारण केन्द्र'

नेपालगञ्ज । नेपालगञ्जमा दमकल (बारुण यन्त्र) लाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । आगलागीका घटना नियन्त्रण गर्नका लागि दमकलमा पानी भर्ने स्थानको अभाव भएपछि पानी समक केन्द्र (पानी ट्यांकी/भण्डारण) को स्थापना गरिएको हो ।

paribartan 1

आगलागीका घटनामा आकस्मिक सेवाका लागि नगरका विभिन्न नाकामा सहजरुपमा पानीको स्रोत भण्डारण केन्द्र नहुँदा समस्या थियो । उक्त समस्यालाई मध्यनजर गर्दै खानेपानी संस्थान कार्यालय अगाडि पानी समक केन्द्र स्थापना गरेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनले भने, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगलागी भइहाले पनि अब इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगलागी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार नेपालगञ्ज वडा नम्बर ७ मा इनारलाई संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ ।

अहिले नेपालगञ्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको अन्डरग्राउण्ड पानी ट्यांकी रहेको बारुण यन्त्र इकाई प्रमुख झइन बहादुर खड्काले बताए । उनका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ ।

नेपालगन्जको खानेपानी संस्थान कार्यालयमा ४ लाख ५० हजार लिटर र कार्यालय अगाडि सुर्खेतरोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरि कुमार श्रेष्ठले बताए ।

नेपालगञ्ज शहर विकास, बिस्तार र बाक्लिने क्रमसंगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्यांकले देखाएको छ । आगलागीका घटना बढ्न थालेसंगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिले शहरी विपद् तथा भूकम्पिय पूर्व तयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ ।


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP