prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशुलीमा बेपत्ता भएका दुबै बसमा ६५ यात्रु रहेको पुष्टि, चौथो शव गोलाघाटमा भेटियो
त्रिशुलीमा बेपत्ता भएका दुबै बसमा ६५ यात्रु रहेको पुष्टि, चौथो शव गोलाघाटमा भेटियो
banijya office
बागेश्वरी पोस्ट
आइतबार, असार ३०, २०८१ बागेश्वरी पोस्ट
त्रिशुलीमा बेपत्ता भएका दुबै बसमा ६५ यात्रु रहेको पुष्टि, चौथो शव गोलाघाटमा भेटियो

चितवन । शुकवार बिहान साढे ३ बजे पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका दुई यात्रुबाहक बसमा ६५ जन यात्रु रहेको पुष्टि भएको छ ।

nepalgunj 081-082

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको बसमा समितिको चलानीमा २७ रहेको पाइएको छ । उक्त बसमा सवार ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् । उनीहरुको बीचबाट चढेको बताइएको छ ।

यसैगरी बीरगञ्जबाट काठमाण्डौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुबै बसमा गरेर थप १५ यात्रु बसमा यात्रारत रहेको देखिएको हो ।

चितवन प्रहरीका अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो आफन्तले बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । काठमाडौंबाट गौर जाँदै  गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् ।

आफन्तहरुले टिपाएको विवरण समेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ ।

बेपत्ता भएका दुबै बसमा सवार ६५ यात्रु नै रहेको तर ३ जना पौडिएर बाँचेको र शनिबार ३ जना र आज बिहान १ जनाको शव गरी ४ जनाको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । आज बिहान फेला परेको शवको अझै पहिचान हुन नसकेको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गैंडाकोटको नारायणी नदी किनारमा भेटिएको तेस्रो शव माडी–१ का २२ वर्षीय विकास परियार रहेको प्रहरीले जानकारी दिएको छ । विकासको शवलाई उनका दाई विजय परियारले पहिचान गरेका थिए । चितवन प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए । 

त्यस्तै गैंडाकोटमै फेला परेको शव रौतहट सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको भएको प्रहरीले जनाएको छ । शनिबार साँझ नै रमितका बुवा रविन्द्र कुशर माझीले रमितलाई सनाखत गरेको चितवन प्रहरीले जानकारी दिएको छ । 

मृतक रमित शुक्रवार बिहान साढे ३ बजे पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका दुई बस मध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए ।

त्यसैगरी शनिबार बिहान नारायणी नदीको गोलाघाटमा फेला परेको शव भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए । अन्य यात्रु र दुबै बसको आज बिहानैदेखि पुनः खोजी कार्य सुरु भएको चितवन प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP