prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालले मनायो आफ्नो १३४औं वार्षिक उत्सव
भेरी अस्पतालले मनायो आफ्नो १३४औं वार्षिक उत्सव
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १२, २०८१ बागेश्वरी पोस्ट
भेरी अस्पतालले मनायो आफ्नो १३४औं वार्षिक उत्सव

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले आफ्नो १३४औं वार्षिक उत्सव मनाएको छ । आज वार्षिक उत्सव मनाउँदै अस्पतालको सेवालाई स्तरीय बनाउन सरोकारवाला निकायले सुझाव समेत दिएका छन् । वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले पश्चिम नेपालकै प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्ना सेवाहरुलाई स्तरीय बनाउनुपर्ने सुझाव दिएका हुन्  ।

nepalgunj 081-082

उनीहरुले अस्पतालको श्रीवृद्धिका लागि आफ्नो तहबाट हुन सक्ने सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले पश्चिम नेपालकै सबैभन्दा पुरानो अस्पतालको रुपमा रहेको भेरी अस्पतालको सेवालाई विरामीमैत्री बनाउन सुझाव दिए । उनले ठूला र आलिसन भवन हुँदैमा जनताले राम्रो उपचार नपाउने भन्दै स्तरीय उपचार र सेवामा विशेष ध्यान दिन सुझाव दिए । उनले सबै मिलेर अस्पतालको विकास गरिनुपर्ने धारणा राखेका थिए । 

May be an image of 1 person, dais and text

त्यसैगरी लुम्विनी प्रदेशका विना विभागीय मन्त्री वादशाह कुर्मीले भेरी अस्पतालले विपन्न तथा गरीब मानिसहरुको उपचार सेवामा ठूलो योगदान पुर्याएको बताए । उनले अस्पतालले छिटोछरितो सेवा प्रवाहका लागि ध्यान दिनुपर्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रत्न बहादुर खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष शाहले स्तरीय सेवा दिने सवालमा प्रयास भइरहेको बताए । अस्पतालका  मेडिकल सुपरिन्टेन्डेण्ट डा. प्रकाश थापाले अस्पतालले दिइरहेको सेवाबारे जानकारी गराएका थिए । डा. थापाले कोरोना महामारीमा अस्पतालले हासिल गरेको विश्वास कायम राख्ने गरी सेवा प्रवाहलाई स्तरीय बनाइने बताएका थिए । 

कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसक्रममा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । 

May be an image of 4 people, dais and text

May be an image of one or more people, table, hospital and dais


प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP