नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'नरैनापुरमा झाडापखालाको प्रकोप छैन'
'नरैनापुरमा झाडापखालाको प्रकोप छैन'
फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान
बागेश्वरी पोस्ट
सोमबार, भदौ १७, २०८१ बागेश्वरी पोस्ट
'नरैनापुरमा झाडापखालाको प्रकोप छैन'

नेपालगञ्ज । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली आज गेग्ली गाउँमा पुगेको थियो ।

झाडापखालाको प्रकोप नै फैलिएको अवस्था नरहेको टोलीले निष्कर्ष निकालेको छ । मृत्यु पनि झाडापखालाबाटै हो वा होइन त्यसको अनुसन्धान पनि भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जना बालकको भने उच्च ज्वरो र जोर्नी दुख्ने लगायतका कारणबाट मृत्यु भएको पाइएको छ । उनलाई डेंगुको आशंका गरिएको छ ।

चार-पाँच दिनको फरकमा नरैनापुर गाउँपालिका–३ मा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीय उषा पासी, १२ महिनाकी नन्दनी पासी र ६५ वर्षीया कान्ति पासी रहेका छन् । यस्तै १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको थियो ।

उषालाई भदौ ११ गते वान्ता र झाडापखाला भएको थियो । त्यसपछि उपचारका लागि नरैनापुरको निजी मेडिकलमा लगिएको थियो । उषाको १२ गते मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले बताए । पासीकी छोरी नन्दनीलाई १४ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उनलाई उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १६ गते मृत्यु भएको परिवारले जानकारी दिएको पनि श्रेष्ठले बताए । काम्तीलाई १३ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उनको स्थानीय निजी मेडिकलमा उपचार गरिएको थियो । काम्तीको १४ गते घरमै मृत्यु भएको थियो । 

युसुफलाई भने उच्च ज्वरो, जोर्नी दुख्ने, तल्लो खुट्टा नचल्ने लगायतका लक्षण चिन्ह थिए । उक्त लक्षण चिन्ह युसुफलाई ९ गते देखिएको थियो । उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १२ गते मृत्यु भएको हो । युसुफको मृत्यु झाडापखालाबाट नभएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । लक्षण चिन्हका आधारमा उनको मृत्यु डेंगुबाट भएको आंशका गरिएको छ । ६ जना बिरामीहरु भने उपचारपछि घर फर्किसकेका छन् ।

"मृत्यु भएकाहरुको झाडापखालाको प्रकोपकै कारण हो भन्न सक्ने अवस्था छैन," श्रेष्ठले भने-"फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान गरेका छौं । तर, त्यसको अनुसन्धान भइरहेको छ ।" झाडापखालाको पुष्टि गर्न स्याम्पल कलेक्शन गरेर लक्षणपुर स्वास्थ्य चौकीमा पठाइएको छ । त्यसैगरी पानीको परीक्षण गर्न पनि खानेपानी कार्यालय नेपालगञ्जमा नमुना संकलन गरी पठाइएको छ । "सम्भवतः भोलि (मंगलवार) रिपोर्ट आउनेछ," उनले भने-"नल्काको पानी अत्यन्तै प्रदूषित पाइएको र उनीहरुले त्यही पानी पिउने गरेका छन् ।"


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP