prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरीमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला, सुरु भयो नयाँ अपरेशन थिएटरबाट शल्यक्रिया
भेरीमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला, सुरु भयो नयाँ अपरेशन थिएटरबाट शल्यक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ५, २०८१ बागेश्वरी पोस्ट
भेरीमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला, सुरु भयो नयाँ अपरेशन थिएटरबाट शल्यक्रिया

नेपालगन्ज ।  विशिष्टिकृत सेवा दिँदै आएको पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्नो व्यानरमा पहिलोपटक आर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ । आर्थोस्कोपी सोसाइटी अफ नेपाल (एसोन) को सहकार्यमा देशभरका विभिन्न सहरहरुमा कार्यरत आर्थोस्कोपी सर्जन, अर्थोपेडिक सर्जन लगायतलाई नेपालगन्जमा बोलाएर आफ्नै भवनमा पहिलोपटक कार्यशाला आयोजना गरिएको अर्थोपेडिक सर्जन समेत रहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

डा.थापाका अनुसार विशिष्टिकृत सेवा प्रवाहसँगै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई पनि बढाउँदै लगिएको छ । यसले गर्दा बिरामीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने डा.थापाको भनाइ छ । ‘अस्पतालकै व्यानरमा आयोजना गरिएको यस खालको कार्यशाला पहिलो हो,' डा. थापा भन्छन्–‘सेवा दिने मात्र ठूलो कुरा होइन, शैक्षिक वातावरणलाई पनि प्राथमिकता दिनुपर्छ । जसले गर्दा बिरामीहरुले सहज र स्तरीय सेवा प्राप्त गर्छन् ।’

उपचारका क्षेत्रमा आएका नवीनतम प्रविधि तथा खोज अनुसन्धानबारे चिकित्सकहरु बीच अनुभव आदानप्रदानले स्तरीय सेवामा सहजता थप्ने चिकित्सकहरु बताउँछन् । यसअघि डा. थापाकै नेतृत्वमा नेपालगन्जमा एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले मेरुदण्ड रोगसम्बन्धि कार्यशाला गरेको थियो ।

पछिल्लो समय स्तरीय सेवासँगै विज्ञ चिकित्सकहरुलाई बोलाएर शैक्षिक गतिविधि र अनुसन्धानमुलक विषयमा विचारविमर्श गर्ने थलोको रुपमा भेरी अस्पताल विकास हुँदै गएको पनि उनले बताए । कार्यशालाको संयोजनकारी भूमिका निर्वाह गरेका भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काका अनुसार उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयलाई पनि कार्यशालाले महत्व दिएको छ ।

बि एण्ड बि अस्पतालमा कार्यरत आर्थोस्कोपी सर्जन समेत रहेका एसोनका अध्यक्ष प्रा.डा. अमित जोशी, सचिव विवेक वासुका, साइन्टिफिक अध्यक्ष निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, एसोनका सदस्य डा.विहानी श्रेष्ठ, एसोन सदस्य समेत रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा लगायत दर्जन बढी चिकित्सकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

७० बढी चिकित्सकहरु सहभागी कार्यशालाका सहभागीहरुलाई स्वागत गर्दै नेपालगन्जका बरिष्ठ अर्थोपेडिक सर्जन डा.विनोद थापाले यस्ता कार्यक्रमले चिकित्सकहरु बीचमा उपचार पद्धतिबारे नयाँ प्रविधिको प्रयोग, समस्या र निराकरणमा उपयोगी हुने बताए । उनले आफ्ना पालामा यस्ता प्रविधिको उपयोग गर्ने अवसर नपाएको पनि सुनाएका थिए ।

आर्थोस्कोपी सर्जरी भनेको दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार यो प्रविधिबाट गरिन्छ । यो विधिबाट प्रायः घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ । भेरी अस्पतालमा घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग भइरहेको चिकित्सकहरु बताउँछन् ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरु च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस) लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्धतिलाई आर्थोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आर्थोस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गर्ने गरिएको अर्थोपेडिक सर्जन डा.लक्ष्मण सिग्देलले जानकारी दिए ।

यसैबीच भेरी अस्पतालले आजदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । अत्याधुनिक शल्यक्रिया कक्षको बरिष्ठ आर्थोस्कोपी सर्जन प्रा. डा. अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरे ।

आर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगञ्ज आएको अवसरमा डा. जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले जानकारी दिए । घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगञ्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर प्रा. डा. जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।

शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा. डा. जोशीले कार्यशालाका सहभागी आर्थोस्कोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए । करिब एक घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP