prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'क्षयरोग निवारणका लागि रोगी पहिचान गरी उपचारमा ल्याउनुको विकल्प छैन'
'क्षयरोग निवारणका लागि रोगी पहिचान गरी उपचारमा ल्याउनुको विकल्प छैन'
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, असोज १०, २०८१ बागेश्वरी पोस्ट
'क्षयरोग निवारणका लागि रोगी पहिचान गरी उपचारमा ल्याउनुको विकल्प छैन'

नेपालगञ्ज । लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद कुमार गिरीले क्षयरोग निवारणका लागि सबै रोगीहरुको पहिचान गरी उपचारमा ल्याउनुको विकल्प नभएको बताएका छन् । विराट नेपाल मेडिकल ट्रष्टद्वारा सञ्चालित चेन्ज टिबी परियोजनाले सामुदायिक अधिकार र लैङ्गिक सम्वन्धमा क्षयरोग सर्वेक्षणकर्ताहरुलाई लक्षित गरी नेपालगञ्जमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सबै रोगीहरुको पहिचान गरी उपचारको पहुँचमा नल्याएसम्म निवारणमा चुनौती भइरहने बताए । अहिले पनि टिबी, एचआइभी, कुष्ठरोगीहरुलाई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनले बताए ।

nepalgunj 081-082

‘यस्ता रोगीहरुलाई समाजले अझै पनि लाञ्छना लगाउने, भेदभाव गर्ने प्रवृत्ति छ, उनले भने–‘स्वास्थ्यकर्मीले मात्र नभएर प्रत्येक व्यक्ति, परिवार र समाजले विभेद चिर्नुपर्ने आवश्यकता छ ।’ भेदभाव बढी, बिरामी पनि खुल्न नचाहने र सरुवा रोग भएकाले पनि निवारण कठिन देखिएको उनको भनाई छ । तर, सबैको सहयोग, सहकार्य र समन्वय हुने हो भने रोग निवारण गर्न भने सकिने उनको तर्क छ । सरुवा रोगको समयमै पहिचान गर्ने र उपचार तथा निदानतिर लाग्ने हो भने निवारणमा सहजता आउने निर्देशक डा.गिरीले बताए । उनले क्षयरोगीका बिरामीले नियमित औषधि नखाने र बीचमै छोड्ने गर्दा पनि ठूलो समस्या सिर्जना भएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पछिल्लो समय शिक्षित भनिएका व्यक्तिहरुबाटै विभेद भइरहेको बताए । ‘पहिला पहिला अशिक्षित व्यक्तिहरुबाट यस्ता रोगहरुको बारेमा विभेद हुने गरेको थियो, उनले  भने–‘अहिले पढेलेखेकै शिक्षित भनिएका व्यक्तिबाट विभेद भएको छ । यस बारेमा जागरण ल्याउन आवश्यक छ ।’ यस्तै स्वास्थ्य कार्यालय बर्दियाका ल्याव टेक्निसियन निरीक्षक जीवन रजौरेले पनि समाजमा अहिले पनि क्षयरोगीका बिरामीहरुमाथि विभेद कायमै रहेको बताए । उनले क्षयरोग निवारणका लागि सबैको समन्वय आवश्यक रहेकोमा जोड दिए । विराट नेपाल मेडिकल ट्रष्टसँगको सहकार्यमा बर्दियामा क्षयरोगीका थुप्रै एक्टिभ केसहरु पहिचान गरिएको स्मरण समेत गराए ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन रामबहादुर भट्टराई, तथ्यांक अधिकृत मान बहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बिना थापा लगायतको उपस्थिति रहेको विराट नेपाल मेडिकल ट्रष्टका लुम्विनी प्रदेशका कार्यक्रम संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिए । सामाजिकरुपमा पछाडि परेका समुदायबाट १२ जना टिबी च्याम्पियनको नेटवर्कलाई सशक्त बनाउने गरी क्षयरोग नियन्त्रणमा अभियान चलाउने तयारी छ । वकालत गर्ने सीप बढाउने, समावेशी क्षयरोग हस्तक्षेप गर्ने लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिने परियोजनाको उद्देश्य रहेको संयोजक पाण्डेले बताए ।

बाँके र बर्दियाका स्वास्थ्य कार्यालय, पालिकाका स्वास्थ्य शाखामा आवद्ध क्षयरोग फोकल पर्सन, क्षयरोगबाट मुक्त भएका व्यक्तिहरु सम्मिलित कार्यक्रम भोलिसम्म चल्ने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रमको सहजीकरण मनोज नेपाल खुसीखुसीले गरिरहेका छन् । 


 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:४२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP