नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा मनाइयो मुटु दिवस
नेपालगञ्जमा मनाइयो मुटु दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मनाइयो मुटु दिवस

नेपालगञ्ज । नेपालगञ्जमा आज विश्व मुटु दिवस मनाइएको छ । दिवसका अवसरमा विभिन्न सचेतनामूलक प्ले-कार्डसहित र्‍याली निकालिएको छ । ग्लेनमार्क कम्पनीको सहकार्यमा नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगञ्जले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संघको कार्यालयबाट गणेशमान चोकसम्म विभिन्न जनचेतनामूलक सन्देशसहितका प्ले-कार्डका साथ र्‍याली निकालेका थिए । यस्तै दिवसकै अवसरमा नेपालगञ्ज मेडिकल कलेजले पनि र्‍याली निकालेको थियो । र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा मुटु रोगबाट बच्न सकिने बताएका छन् । वक्ताहरुले स्वस्थ जीवनशैली अपनाउने हो भने मुटुसम्बन्धि समस्याबाट बच्न सकिने बताएका हुन् ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले खासगरी उच्च रक्तचाप, मधुमेह लगायतका समस्यालाई नियन्त्रणमा राख्न सके मुटु रोगबाट निम्तने खतरा टर्न सक्ने बताए । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले मुटु रोगी भई उपचारका लागि अस्पतालसम्म पुग्नु भन्दा सचेत भई रोग लाग्नै नदिन स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोगकै कारण हुने गरेको र करोडौं मानिस यसबाट पीडित भरहेको भन्दै यसको हानीबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुको विकल्प नभएको बताए । 

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जनमानसमा जनचेतना जगाई मुटु रोगबाट निम्तिने खतरा टार्न यस खालका कार्यक्रमलाई व्यापकता दिन आग्रह गरे। संघका अध्यक्ष डा. बिनोद थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, औषधि कम्पनीका बजार प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ । यो वर्ष 'युज हर्ट फर एक्सन' भन्ने नाराका साथ दिवस मनाइँदैछ । 


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP