नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आज कण्डम दिवस: बाँकेमा १० लाख कण्डम वितरण
आज कण्डम दिवस: बाँकेमा १० लाख कण्डम वितरण
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ३, २०८१ बागेश्वरी पोस्ट
आज कण्डम दिवस: बाँकेमा १० लाख कण्डम वितरण

नेपालगञ्ज । बाँकेमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय कण्डम दिवस मनाइएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएका हुन् । यस वर्षको कण्डम दिवसको नारा ‘कण्डमको सही प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ, सबैबाट सुरक्षा’ भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआइभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी दिने काम गरिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा, भेरी अस्पताल, परिवार नियोजनसहित अन्य संघसंस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

यो दिवस नेपालमा कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार मनाइँदै आइएको छ । यो ३०औं राष्ट्रिय कण्डम दिवस हो । कण्डम दिवसको अवसरमा यसको जानकारी दिन तथा वितरण गर्न नेपालगन्जको त्रिभुवन चोकमा स्टल नै राखिएको थियो । कण्डम स्टल राखेर यसको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरण गरिएको परिवार नियोजन संघ बाँकेका प्रमुख रश्मी श्रेष्ठले जानकारी दिइन् ।

दिवसको अवसरमा एचआइभी जाँच समेत गरिएको छ । बाँकेमा गएको वर्ष १० लाख ६ हजार ६२९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन साहले बताए । चालू आर्थिक वर्षको साउनमा भने १७ हजार ३२५ वटा कण्डम वितरण गरिएको छ । भदौ र असोज महिनामा वितरण गरिएको कण्डमको संख्या भने रुजु गर्ने काम भइरहेको छ ।

कतिपयले निजी मेडिकलहरुबाट पनि कण्डमको किनेर प्रयोग गर्ने गरिएकाले त्यसको संख्या भने नजोडिएको उनले बताए । स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघसंसस्थामार्फत निःशुल्क कण्डम वितरण गर्दै आएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP