prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डेंगी रोकथाम र नियन्त्रणका लागि सरोकारवालासंग अन्तरक्रिया
डेंगी रोकथाम र नियन्त्रणका लागि सरोकारवालासंग अन्तरक्रिया
banijya office
नेपालगञ्ज उपमहानगरपालिकामा १९५ जना संक्रमित
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १२, २०८१ बागेश्वरी पोस्ट
डेंगी रोकथाम र नियन्त्रणका लागि सरोकारवालासंग अन्तरक्रिया

नेपालगञ्ज । बाँकेमा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । यो भेरी अस्पताल, निजी मेडिकल कलेज र स्वास्थ्य संस्थामा ल्याव परीक्षणबाट पुष्टि भएको संख्या हो । आर्थिक वर्ष २०८०–०८१ मा ३९४ जना डेंगी संक्रमित फेला परेका थिए । यो वर्षमा तीन महिनामै ३४८ जनामा संक्रमण देखिएकाले बाँकेमा डेंगीको अवस्था भयावह देखिएको उनले जानकारी दिइन् । 

nepalgunj 081-082

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा १४९ जनामा मात्रै डेंगीको संक्रमण देखिएको थियो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको गौतमले जानकारी दिइन् । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार स्थानीय लामखुट्टेले टोकेर डेंगी संक्रमण समुदायस्तरमै फैलिएकाले बाँकेमा अवस्था भयावह बनेको हो । गएका वर्षहरुमा मानिसहरु वाहिर जिल्ला गएका बेला लामखुट्टेले टोक्ने र डेंगी संक्रमण लिएर बाँके आउने गरेका थिए । उनीहरु बाँकेकै भए पनि वाहिर जिल्लामा गएका बेला लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुने गरेको थियो । तर, यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो । 

संक्रमित ३४८ जनामध्ये १९५ जना नेपालगञ्ज उपमहानगरपालिकाका हुन् । अरु भने अन्य पालिकाका संक्रमित रहेको गौतमले बताइन् । उनले पालिकामा भएका संक्रमितहरुको तथ्यांक पुष्टि गर्ने काम भइरहेको पनि बताइन् । उनले अहिलेसम्म ६२ जना उपचारमा आएको पनि बताए । तीमध्ये नेपालगञ्जका २९, कोहलपुरका १४, खजुराका ८, राप्तीसोनारीका ६, बैजनाथका ५, जानकीका ३ र डुडुवा र नरैनापुरका २–२ जना रहेका छन् । 

May be an image of 12 people and people studying

डेंगीबाट सबैभन्दा बढी प्रभावित नेपालगञ्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि सम्वद्ध सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको उनले बताए । चन्दका अनुसार डेंगी नियन्त्रणका लागि सरोकारवालासंग समन्वय तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, वडास्तरमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्युपाहरु नष्ट गर्ने, विद्यालय तहमा शिक्षक तथा विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बायोपेष्टिसाइडको प्रयोग गरी लामखुट्टेका लार्भाहरु नष्ट गर्ने, वडास्तरमा रहेका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा किटजन्य रोगहरुको डाटा भेरिफिकेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन भइहरेका छन् । 

May be an image of 13 people, people studying and table

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायतले डेंगी रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताए । उनीहरुले डेंगी रोगको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्यूपा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाइनुपर्ने बताए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले गरेका थिए ।

May be an image of 14 people and people studying


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १८:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP