prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा मातृ मृत्युदर घटाउन सरोकारवालाबीच मन्थन
नेपालगञ्जमा मातृ मृत्युदर घटाउन सरोकारवालाबीच मन्थन
banijya office
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ५, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मातृ मृत्युदर घटाउन सरोकारवालाबीच मन्थन

नेपालगञ्ज । नेपालगञ्ज स्वास्थ्य सेवाका दृष्टिकोणले सुविधायुक्त सहर, बर्थिंग सेन्टरदेखि ठूला अस्पतालसम्मको उपलब्धता तर मातृ मृत्युदरको अवस्था चिन्ताजनक । यो यथार्थले नेपालगञ्जलाई सताइरहेको छ । अपेक्षाकृतरुपमा मातृ मृत्युदर नघटेपछि सरोकारवाला चिन्तित छन् । लुम्बिनीमै बाँकेमा मातृ मृत्युदर उच्च छ । बाँकेमा पनि सदरमुकाम नेपालगञ्जको ग्राफ अझ माथि देखिन्छ ।

नेपालगञ्जमा बढ्दो मातृ मृत्युदर घटाउनु चुनौतिपूर्ण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले बढ्दो मातृ मृत्युदर घटाउने मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै सचेतना प्रबद्र्धनदेखि प्रोत्साहनसम्मका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसैक्रममा स्वास्थ्य महाशाखाले नगरमा रहेका पाँच वटा बर्थिंग सेन्टरको निरीक्षणसंगै सरोकारवालाबीच अन्तरक्रियात्मक छलफल कार्यक्रम गरेको छ । स्थानीय सरकार र प्रेषण केन्द्र (रेफरल सेन्टर) बीच समन्वय अभिबृद्धि गर्दै मातृ मृत्युदरको ग्राफ कसरी घटाउन सकिन्छ भन्ने विषयमा मन्थन गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

nepalgunj 081-082

May be an image of 15 people, dais and text

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १३, १४, १७, २० र २२ मा बर्थिंग सेन्टर सञ्चालन गरिएका छन् । बर्थिंग सेन्टरको प्रेषण केन्द्रका रुपमा रहेका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्रसुति वार्डका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा बर्थिंग सेन्टर निरीक्षण गरिएको हो । बीग्रुप र लुथरन वर्ल्ड रिलिफको संयुक्त आयोजनामा स्थानीय परियोजना समिति अनुगमन र वैठक सम्पन्न भएको हो । यी संस्थाले बर्थिंग सेन्टरहरुमा प्राविधिक सहयोग (उपकरणसहित) गर्दै आएका छन् ।

नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाले मातृ मृत्युदर चुनौतिको विषय बनेको भन्दै सबै गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बर्थिंग सेन्टर र रेफरल सेन्टरबीच प्रभावकारी समन्वयमा जोड दिइएको छ । उपप्रमुख राईले सबै मिलेर यो विषयलाई समाधान गर्न सकिने बताए । सचेतना प्रबद्र्धन, नियमित गर्भ जाँचका लागि प्ररित गर्ने, प्रोत्साहन गर्ने, बर्थिंग सेन्टरमा प्रभावकारी सेवा दिने, रेफरल सेन्टरले पनि 'क्विक रेस्पोन्स' र समन्वयमा चासो दिने हो भने धेरै हदसम्म समस्या समाधान हुने उनको भनाई छ  । राईले गर्भवती महिलालाई प्रसुतिका बेला अस्पताल पुग्न सहज गराउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका एम्बुलेन्स खरिद गर्ने योजनामा रहेको बताए । मातृ शिशु मृत्युदर घटाउन नेपालगञ्ज उपमहानगरपालिका गम्भीर रहेको उनको भनाई छ ।

वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले प्राविधिक र व्यवस्थापकीय रुपमा धेरै विषयमा अझै समस्या रहेको भन्दै ती जटिलतालाई सहज बनाउन सके अपेक्षित उपलब्धि हासिल हुने बताए । भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले प्रसुति सेवालाई अझ सहज र प्रभावकारी बनाउन भेरी अस्पताल प्रयासरत रहेको बताए । नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले सुरक्षित सुत्केरी गराउन भेरीले सक्दो कोशिस गरिरहेको बताइन् । स्वास्थ्य कार्यालय बाँकेकी विष्णु श्रेष्ठले नेपालगञ्जमा मातृ मृत्युदर चिन्ताजनक अवस्थामा रहेको बताइन् । श्रेष्ठले गत बर्ष नेपालगञ्जमा ७ जनाको मृत्यु भएकोमा अहिले चार महिनामै ४ जनाको मृत्यु भइसकेको बताइन् । कार्यक्रममा बीग्रुपले आफ्ना हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी गराएको थियो ।

May be an image of 16 people, people studying, table and text

स्वास्थ्य महाशाखा प्रमुख चन्दले अन्तरक्रियाबाट सरोकारवालाहरुबीच समन्वय र सहकार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजान सकिए मातृ मत्युदर अपेक्षितरुपमा घटाउन सकिने निष्कर्ष निकालिएको बताए । चन्दले घरमै सुत्केरी हुनेको संख्या धेरै हुनु, सुत्केरी गराउन समयमै स्वास्थ्य संस्था नपुग्नु, नियमित गर्भ जाँच नगराउनु मुख्य समस्या रहेको बताए । चन्दका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँचका लागि समयमै उपस्थित गराउन एसएमएस प्रणाली लागू गर्दैछ । एसएमएसमार्फत उनीहरुलाई नियमित चेकजाँचका लागि सूचित गरिन्छ । यस्तै प्रोत्साहन कार्यक्रम पनि छिट्टै लागू गरिने चन्दको भनाई छ । चन्दका अनुसार नगरमा क्रियाशील १९२ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत गठित एक स्वयंसेविका बराबर २० सदस्यीय विभिन्न आमा समूहद्वारा सचेतना प्रबद्र्धन र 'फलोअप' अभियान पनि सञ्चालन गरिँदैछ । उनका अनुसार नेपालगन्जमा गर्भवती महिलाले गराउनुपर्ने नियमित जाँचको प्रवृत्ति अन्तिमसम्म आइपुग्दा निकै कहालीलाग्दो रहेको बताए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिकाकी सिनियर अनमी निरीक्षक निर्मला खनालले गरेकी थिइन् ।

May be an image of 13 people, people studying, table and text

May be an image of 15 people, people studying, table and textMay be an image of 11 people, people studying and textMay be an image of 12 people, tree and textMay be an image of 4 people, people studying, hospital and text


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २२:१४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP