prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा थपिए १०१ जना एचआइभी संक्रमित
बाँकेमा थपिए १०१ जना एचआइभी संक्रमित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १५, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा थपिए १०१ जना एचआइभी संक्रमित

नेपालगन्ज । बाँकेमा १०१ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १० हजार ७ सय ५९ मा एचआइभी परीक्षण गर्दा १०१ जना नयाँ एचआइभी संक्रमित पत्ता लागेका हुन् । 

स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र कुमार साहले बाँकेमा हाल ५९१ जनाले एड्सको नियमित औषधि सेवन गरिरहेका छन् । त्यसमा ७९ जना नयाँ संक्रमित छन् । उनीहरुले भेरी अस्पतालस्थित एआरटी सेन्टरबाट नियमित औषधि सेवन गरिरहेका छन् । 

May be an image of 1 person, newsroom and text

भेरी अस्पतालका एचआइभी फोकल पर्सन वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताए । एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित बुवाआमाबाट जन्मिएका बच्चा संक्रमणमुक्त रहेको डा. रिसालले जानकारी दिए । उनले पछिल्लो ६ बर्षमा एक जना बाहेक सबै संक्रमणमुक्त जन्मिएको बताए । 

एड्स हेल्थकेयर फाउन्डेसनका कार्यक्रम संयोजक सन्जय कुमार पौडेलले भेरी अस्पतालको एआरटी युनिटमा सन् २०१७ जुलाईदेखि काम गर्दै आएको बताए । एड्स हेल्थकेयर फाउन्डेसनले एचआइभी संक्रमितहरुको प्रभावकारी उपचारमा सहजीकरण तथा रोकथामका लागि सचेतीकरण गर्दै आएको छ । 

यस वर्ष "एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं" भन्ने नाराका साथ ३७औं विश्व एड्स दिवस मनाइँदैछ । प्रत्येक बर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । विश्व एड्स दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आज पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले पनि बोलेका थिए । स्वास्थ्य कार्यालय बाँकेकी दुर्गा गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।एड्स दिवसको अवसरमा भोलि विहान नेपालगञ्जमा प्रभातफेरि तथा अपरान्ह सचेतीकरण प्रबद्र्धन गर्न बीपी चोकमा म्युजिकल कन्सर्ट आयोजना गरिँदैछ । 

May be an image of 6 people and people studying

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सन् २०२३ अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन १ जना मानिसमा एचआइभी संक्रमण हुन्छ । नेपालमा सन् २०३० सम्ममा एचआइभी संक्रमण अन्त्य गर्ने लक्ष्य छ । 

May be an image of 4 people, people studying and text

 


प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यपेज छैठौं वर्षमा,  'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP