prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित विदाई
६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित विदाई
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २०, २०८१ बागेश्वरी पोस्ट
६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित विदाई

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई  विदाई गरेको छ । ६० बर्ष उमेर पुगेका वडा नम्बर १० की बिना थापा मगर, वडा नम्बर १४ की सुरसती बृजबासी र वडा नम्बर ९ की मिना कुमारी विश्वकर्मा चौधरीलाई आज विदाई गरिएको हो । नगर प्रमुख प्रशान्त विष्टले उनीहरुलाई दोसल्ला ओढाई सम्मानपत्रसहित विदाई गरेका हुन् । विदाई भएका उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट ५० हजार रुपैयाँ पाउँछन् । 

२१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरमा कार्यरत तीन जना स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको हो । ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाले विदाई भएसंगै संघीय सरकारको तर्फबाट ५० हजार, नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २० हजार गरी १ लाख २० हजार रुपैयाँ पाउँछन् । 

सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरमा कार्यरत सबै स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १९२ जना स्वयंसेविका कार्यरत छन् । बाँके जिल्लामा ७८५ जना स्वयंसेविका छन् । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले समुदायस्तरमा स्वास्थ्य सूचक प्रबर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाले अहम् भूमिका खेलेको बताए । उनले स्वयंसेविकाको बीमाका लागि पनि नेपालगन्ज उपमहानगरपालिकाले योगदान गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य स्वयंसेविकाको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मातृ मृत्युदर रोक्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अहिलेसम्मको भूमिकाको सराहना गर्दै अझ गहन ढंगले सेवाभावका साथ मानव सेवामा जुट्न आग्रह गरे । 

यस्तै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका अधिकृत धनराज शाही, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, कार्यपालिका सदस्य संगिता रेग्मी, प्रहरी निरीक्षक शिवा थापा लगायतले समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई,  प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायतको उपस्थिति थियो ।  

कार्यक्रमको संचालन सुष्मा चौधरी तथा स्वागत मन्तव्य आइला बोहराले व्यक्त गरेकी थिइन् । कार्यक्रममा बी-ग्रुपलाई पनि सम्मान गरिएको थियो । त्यसअघि नगरमा प्रभातफेरि निकालिएको थियो । 

 


प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP