prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द
नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ५, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द

नेपालगन्ज । तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले आजदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा समेत माग सम्बोधन नभएको भन्दै यसअघि नै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आफ्ना मागको अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित भएका छन् । 

पुस ३ र ४ गते दिउँसो १ बजेदेखि आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू आंशिक बन्द गरिएकोमा आजदेखि इमर्जेन्सी बाहेक ओपिडी र शैक्षिक कार्यक्रम पूर्णरूपमा बन्द गरिएको आन्दोलन परिचालन कमिटीकी संयोजक एवम् कर्मचारी संगठन सभापति रत्नाकुमारी गिरीले जानकारी दिइन् । सबै प्रशासनिक कार्यालयहरुमा पनि तालाबन्दी गरिएको छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सात बुँदे मागपत्र राखेका थिए । आज कोहलपुरमा पत्रकार सम्मेलन गरेर आफ्ना माग र थप आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आन्दोलन परिचालन कमिटी सह-संयोजक एवम् कर्मचारी संघ सभापति यम बहादुर खड्का, आन्दोलन परिचालन कमिटी सह-संयोजक एवम् स्वास्थ्यकर्मी युनियन सभापति अनिता थापा लगायतको उपस्थिति थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी, सदस्य एवम् पार्षदलाई टीका र खादा लगाएर बधाई ज्ञापन समेत गरिएको थियो । 

May be an image of 3 people and text

कर्मचारीले उठाएका उक्त मागहरु पूरा गर्ने सवालमा अस्पताल प्रशासन सराकात्मक नदेखिएपछि मङ्सिर २६ गतेबाट कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर परेको छ । आन्दोलनरत कर्मचारीले आन्दोलनका बेलामा इमर्जेन्सी सेवा भने सुचारु रहने स्पष्ट पारेका छन् । 

नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न सकिने अवस्था नरहेको बताए । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यपेज छैठौं वर्षमा,  'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP