नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • होलियामा शिविर, २ सय ८८ जनाको स्वास्थ्य परीक्षण
होलियामा शिविर, २ सय ८८ जनाको स्वास्थ्य परीक्षण
बागेश्वरी पोस्ट
आइतबार, पुस ७, २०८१ बागेश्वरी पोस्ट
होलियामा शिविर, २ सय ८८ जनाको स्वास्थ्य परीक्षण

डुडुवा (बाँके) । डुडुवा गाउँपालिका वडा नम्बर १ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन् । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र १ सय ३६ जना पुरुष गरी २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गरिएको थियो । 

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । 

दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठूलो मद्दत पुर्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेकाले स्वास्थ्य समस्याबाट कुनै पनि नागरिक बञ्चित नहुन् भनेर घरघरमा स्वास्थ्य सेवा लागू गरेको भन्दै चौधरीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आफ्नो स्वास्थ्य चेकजाँच गराउन स्थानीयलाई आग्रह गरे । 

शिविरमा मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्ट सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेब मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गरेका थिए ।  

शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका पवन कैरातीले बताए । डुडुवाको सबैभन्दा बिकट क्षेत्र कृषिचौफेरी, पाझाहोलिया, खडैंचा, पिप्रहवा लगायत गाउँका स्थानीयलाई लक्षित गरी शिविर संचालन गरिएको थियो । 
 


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP