prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सिकलसेलका विरामीलाई नि:शुल्क औषधि उपलब्ध गराउँछौं-मन्त्री पौडेल
सिकलसेलका विरामीलाई नि:शुल्क औषधि उपलब्ध गराउँछौं-मन्त्री पौडेल
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस ८, २०८१ बागेश्वरी पोस्ट
सिकलसेलका विरामीलाई नि:शुल्क औषधि उपलब्ध गराउँछौं-मन्त्री पौडेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि सरकारले निःशुल्क उपलब्ध गराउने बताएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटरको आज उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने गरी सरकार लागिपरेको बताए । उनले त्यसका लागि भारतले सहयोग गर्न लागेको पनि उल्लेख गरे ।

nepalgunj 081-082

'आफू भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको र भारतीय समकक्षीले सकारात्मक जवाफ दिएको बताउँदै उनले भने-'प्रक्रियागत हिसाबले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ । आशा गरौं तत्काल औषधि प्राप्त हुनेछ ।' उनले आफू निरन्तर संवाद र सम्पर्कमा रहेकाले भारतले खरिद प्रक्रिया पूरा गरेर नेपालमा औषधि उपलब्ध गराउने विश्वास दिलाए ।

सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड संचालनमा रहेका अस्पतालहरुलाई सरकारले उपलब्ध गराउने र त्यहीँबाट बिरामीहरुले सहज तरिकाले औषधि प्राप्त गर्ने पनि मन्त्री पौडेलको भनाई छ । प्रादेशिक अस्पतालहरुमा सिकलसेलका बिरामीलाई लक्षित गरी डे केयर वार्ड संचालनका लागि सरकारले काम गरिरहेको पनि उनले बताए ।

अब छिट्टै बर्दिया अस्पताल, कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा पनि सिकलसेलका बिरामीलाई लक्षित गरेर डे केयर वार्ड संचालन गरिने पनि मन्त्री पौडेलले बताए । उनले सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मने वित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि विश्वास दिलाए । अहिलेसम्म उपचारात्मक क्षेत्रलाई मात्रै प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्दै उनले अब निरोधात्मक कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिएको बताए । 'रोग लागेपछि त्यसको उपचार गर्ने सरकारको दायित्व त छँदैछ,' उनले भने-'अब रोग लाग्नै नदिने गरी सचेतनाका कार्यक्रमहरुलाई पनि सरकारले जोड दिन्छ ।'

फरक प्रसंगमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्तिका लागि मन्त्रालय लागिपरे पनि समाधान खोज्न कठिन रहेको बताए । अहिले देशभर ३२ हजार स्वास्थ्यकर्मी अभाव रहेको बताइन्छ ।  'विगतमा भएका ओएनएम सर्भेले देशभरका अस्पतालत तथा स्वास्थ्य संस्थामा ३२ हजार जनशक्ति अभाव भएको देखाउँछ,' मन्त्री पौडेलले भने-' ३२ सय जनशक्ति पनि थप्ने अवस्था छैन । कम्तिमा १२ देखि १५ सय जनशक्ति थप्ने गरी मन्त्रालय लागिपरेको छ ।' उनले संघीय अस्पतालहरुमा एमडीएमएस कार्यक्रम सुरु भएपछि अस्पतालहरुमा देखिएको जनशक्ति अभावलाई केही हदसम्म टार्ने विश्वास समेत लिए ।

कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा. निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौति तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरु समेटिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटर उद्घाटन कार्यक्रममा पूर्व मन्त्रीहरु अमरसिंह पुन, गोपाल दहित, प्रतिनिधिसभा सदस्य आशा विक, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डे लगायत अस्पतालका पूर्व मेसुहरु पूर्व अध्यक्षहरु, प्रमुख कन्सल्टेन्ट चिकित्सकहरु, वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरु, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । अस्पताल विकास समितिका सदस्य डा.डक्ट धितालले संचालन गरेको कार्यक्रममा अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP