नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १५, २०८१ बागेश्वरी पोस्ट
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण

नेपालगञ्ज । लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरीक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिएका छन् । 

साढे तीन तले सुविधा सम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भए पनि बाँकी रकम निकासा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । 

चालू आर्थिक वर्षको अहिले ५ महिना भन्दा बढी समय वितिसक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाइट/एनपी कन्स्ट्रक्सन जेवी नेपालगञ्जका संचालक मोहनप्रकाश आचार्यले बताए । उनका अनुसार भवन निर्माण सम्झौताको अवधिभित्रै ऋण सापटी लिएर भए पनि निर्माण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठूलो संकट भएको छ ।

भवन निरीक्षणका क्रममा मन्त्रीसमक्ष निर्माण कम्पनीका सञ्चालक आचार्यले आफ्नो समस्या राख्दै बाँकी रकम निकासाका लागि आग्रह गरेका छन् । त्यस क्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालू आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरी भुक्तानी गर्न सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताए । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवा स्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गरे । 

निरीक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरीक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविधा लगायतका बारेमा जानकारी गराएका थिए ।
 
भवनको निरीक्षणका क्रममा लुम्विनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधि उपचारमा सहयोग पुगेको भन्दै अस्पतालभित्रको विशेषज्ञतालाई बाहिरका आम नागरिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

भुकम्प प्रतिरोधात्मक साना ठूला गरी ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु. ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धि करसहित) को लागतमा निर्माण गरिएको निर्माण व्यवसायी आचार्यले बताए । 

उनका अनुसार भवन निर्माणको कार्य सम्पन्न गरेको र अहिले रु. १ करोड ६२ लाख ७५ हजार ८७६ बाँकी रकम लिनुपर्नेछ । २०७९ मसिंरदेखि भवन निर्माण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निर्माण गरिएको थियो । 
 


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP