नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवामा बृहत रक्तदानः २११ पिन्ट रगत संकलन
डुडुवामा बृहत रक्तदानः २११ पिन्ट रगत संकलन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २१, २०८१ बागेश्वरी पोस्ट
डुडुवामा बृहत रक्तदानः २११ पिन्ट रगत संकलन

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्तर्गत आज बृहतरुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले भने–‘मधेशी समुदायमा रगत दिनुपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उनले बताए ।

बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठूलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म चलेको थियो । कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिला लगायत सर्बसाधारण गरी २ सय ११ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनका अनुसार बाँकेमा सम्भवतः पहिलो स्थानीय तहको रुपमा डुडुवाले उल्लेख्य रुपमा धेरै संख्यामा रक्तदातालाई जागरुक बनाई रक्तदानतर्फ उत्प्रेरित गरेको छ । 

गाउँपालिकाभित्र गरीब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बर्षमा दुई–तीन पटक बृहत रक्तदान कार्यक्रम गरी रगत संकलन गर्ने अध्यक्ष चौधरीले बताए । रक्तदान कार्यक्रममा शतक रक्तदाता १५६औं पटक रक्तदान गरेका गोपीनाथ बैश्य र अर्का शतक रक्तदाता १०२औं पटक रक्तदान गरेका सञ्चारकर्मी पवन जायसवाल र बाँके बर्दियामा उत्कृष्ट महिला रक्तदाता ७६औं पटक रक्तदान गरेकी सरिता ज्ञवालीलाई पालिकाले उत्कृष्ट रक्तदाताको रुपमा सम्मान पत्र र दोसल्लाले विशेष सम्मान गरेको थियो । त्यस अवसरमा २० पटक भन्दा बढी रक्तदान गर्ने करीब ३० जनालाई समेत सम्मान गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP