prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस चौतारी स्थापना दिवसः सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे अन्तरक्रिया
प्रेस चौतारी स्थापना दिवसः सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे अन्तरक्रिया
RSG-2
बरिष्ठ पत्रकार चुके र युवा पत्रकार चौधरी पुरस्कृत
बागेश्वरी पोस्ट
मंगलबार, माघ २२, २०८१ बागेश्वरी पोस्ट
प्रेस चौतारी स्थापना दिवसः सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे अन्तरक्रिया

नेपालगञ्ज । प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसको अवसर पारेर आज नेपालगञ्जमा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ ।

nepalgunj 081-082

प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागितामा 'सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती' बारे छलफल आयोजना गरी प्रेस चौतारी स्थापना दिवस मनाएको सचिव देबेन्द्रराज पौडेलले जानकारी दिएका छन् । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले 'सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती' का विषयमा आधारपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको सदुपयोग गर्न आवश्यक रहेको बताए ।

उनले मिडिया साक्षरतामा जोड दिँदै को पत्रकार हो र को होइन भन्नेबारे आफ्नो प्रस्तुति राखेका थिए । ‘उपभोक्तामा उस्तै बुझाई भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्य प्रणालीमा भिन्नता छ’, पत्रकार गैरेले आधारपत्र प्रस्तुत गर्दै भने, ‘जुन भिन्नता बुझाउन यस खालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।’  

प्रस्तुतिमा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीले सामाजिक सञ्जाल र मिडियाबारेको अन्तर बुझाउन महासंघले पत्रकारहरुबीच नै ‘साक्षरता आवश्यक रहेकाले’ त्यसखालको कार्यक्रम गरिने प्रतिबद्धता जनाए । प्रेस चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ्ग, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरु समीरमान श्रेष्ठ, विरेन्द्र जैसी लगायतले कार्यक्रममा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले राजनीति भन्दा माथि उठेर काम गर्न पत्रकारहरुलाई सुझाव दिँदै सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनको खाँचो औंल्याए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हलवाईले पत्रकारिताका नाममा भइरहेको विकृति रोक्न पनि प्रेस चौतारी नेपाल जस्ता संगठनहरु सशक्त हुनुपर्ने बताए ।

स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रमका बीच रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पूर्णलाल चुके र क्रियाशील पत्रकार पुरस्कार कृष्ण चौधरीलाई प्रदान गरिएको थियो । त्यसका लागि चौतारीका पूर्व अध्यक्ष शिव डोटेलको नेतृत्वमा छनोट समिति बनाइएको थियो ।

May be an image of 3 people, people smiling and text

प्रेस चौतारी बाँकेका उपाध्यक्ष रामु ओलीले स्वागत र सचिव पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनार, एमाले बाँके मोर्चा संयन्त्र प्रमुख किशोर थापाले प्रविधिमा भइरहेको विकासमा पत्रकारहरुको भूमिका र आवश्यकताबारे आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP