prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मस्तिष्कघात चिकित्सा ज्ञान आदानप्रदान गर्न नेपालगञ्जमा 'स्ट्रोक मास्टरक्लास' कार्यशाला
मस्तिष्कघात चिकित्सा ज्ञान आदानप्रदान गर्न नेपालगञ्जमा 'स्ट्रोक मास्टरक्लास' कार्यशाला
banijya office
बागेश्वरी पोस्ट
शनिबार, माघ २६, २०८१ बागेश्वरी पोस्ट
मस्तिष्कघात चिकित्सा ज्ञान आदानप्रदान गर्न नेपालगञ्जमा 'स्ट्रोक मास्टरक्लास' कार्यशाला

नेपालगञ्ज । मस्तिष्कघात (स्ट्रोक) सम्बन्धि चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा 'स्ट्रोक मास्टरक्लास' कार्यशाला गरिएको छ । नेपाल स्ट्रोक एसोसियन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजना, नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटलको सहकार्यमा एक दिने कार्यशाला नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटलमा भएको हो । पश्चिम नेपालमै नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल पहिलो न्यूरो डेडिकेटेड अस्पताल हो । र, यस्तो कार्यक्रम पनि नेपालगञ्जमा पहिलो पटक भएको हो ।

nepalgunj 081-082

कार्यक्रममा न्यूरोसँग सम्बन्धित चिकित्सक, फिजिसियन, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ अनुसन्धान, प्रभावकारी उपचार पद्धति र न्यूरोलोजी क्षेत्रमा भएका नवीनतम् उपलब्धिहरूका बारेमा विज्ञ चिकित्सकहरुबाट विस्तृत जानकारी पाएका थिए । कार्यक्रममा न्यूरोलोजी तथा मस्तिष्क स्वास्थ्यमा काम गर्ने ७ जना प्रतिष्ठित चिकित्सक तथा अनुसन्धानकर्ताहरू, कन्सल्टेन्ट न्यूरो फिजिसियन डा. अभिषेक मान श्रेष्ठ, रेडियोलोजिस्ट डा. प्रदेश घिमिरे, नेपाल स्ट्रोक एसोसियसनका प्रेसिडेन्ट कन्सलटेन्ट न्यूरोलोजिस्ट डा. राजु पौडेल, रेस-क्यु कि ग्लोबल म्यानेजर रुपल सेदानी, कन्सल्टेन्ट न्यूरो सर्जन डा. जोशन न्यौपाने, न्यूरोफिजियोथेरापिस्ट बिश्वास श्रेष्ठ र सिनियर कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. लेखजंग थापाले स्ट्रोक सम्बन्धि सचेतना, स्ट्रोकको रोकथाम, प्रारम्भिक पहिचान, आधुनिक उपचार प्रविधिहरू र दीर्घकालीन पुनर्वासको विषयमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

May be an image of 6 people, people studying and text

मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वय अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने कन्सल्टेन्ट न्युरो सर्जन डा. न्यौपाने बताउँछन् । कार्यक्रममा गहन छलफल, विशेषज्ञ विचारहरू तथा अन्तरक्रियात्मक सत्रहरू रहेको थियो । जसले सहभागीहरूलाई स्ट्रोक व्यवस्थापनका महत्वपूर्ण पक्षहरू बुझ्न सहयोग गरेको थियो । वक्ताहरूले प्रारम्भिक पहिचानदेखि नवीनतम चिकित्सा प्रविधिहरूसम्मका विषयहरू कभर गर्दै समयमा नै उपचार तथा उचित हेरचाहको महत्त्वलाई उजागर गरेका थिए । खासगरी मस्तिष्कघातको जोखिम, उपचारका निमित्त भइरहेका अभ्यास, नवीनतम उपकरणको प्रयोग लगायतका बारेमा सिकाई आदानप्रदान गर्न सन् २०१८ देखि देशका विभिन्न सहरमा ‘स्ट्रोक मास्टरक्लास’ सञ्चालन हुँदै आएको छ । नेपालगञ्जमा आयोजना गरिएको यो छैठौं संस्करण हो ।

May be an image of 1 person and text

स्ट्रोक मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने गम्भीर चिकित्सा अवस्था हो । जसले शरीरको कुनै एक भागलाई अचल बनाउने, बोली क्षमतामा असर गर्ने, स्मृति भ्रम गराउने जस्ता समस्या निम्त्याउन सक्छ । विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मस्तिष्कघात हुन्छ र यसले गर्दा वर्षेनी ५५ लाख मानिसहरुलाई मृत्युको मुखमा पुर्याइरहेको छ । हरेक ६ सेकेन्डमा एक जनालाई मस्तिष्कघातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मस्तिष्कघातको लक्षण देखिन्छ । संसारमा मस्तिष्कघात (स्ट्रोक) मुटुको रोगपछि दोस्रो ठूलो मृत्युको कारण हो । यो आँकडा हेर्दा मस्तिष्कघातको असर भयावह रुपमा देखिन्छ । खासगरी अल्पविकसित र विकासोन्मुख देशमा सम्पूर्ण मस्तिष्कघात मध्ये ७०–८० प्रतिशत मस्तिष्कघातका बिरामीहरु भेटिन्छन् ।

कार्यपत्र प्रस्तुत गर्ने विज्ञ चिकित्सकहरुलाई भेरी अस्पताल नेपालगञ्जका मेडिसिन बिभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसक्रममा डा. पाण्डेले कार्यक्रम अत्यन्त फलदायी भएको बताए । उनले भेरी अस्पतालमा पनि स्ट्रोक उपचार युनिट संचालन गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए  । त्यस्तै नेशनल न्युरो सेन्टरकी सीइओ तथा नेपाल स्ट्रोक एसोसियसन प्रतिनिधि नुमा शर्माले एसोसियसनको बारेमा जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन समिरमान श्रेष्ठले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १०:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP