नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुरमा आँखाको निःशुल्क स्क्रिनिङ र शल्यक्रिया शिविर हुने
कोहलपुरमा आँखाको निःशुल्क स्क्रिनिङ र शल्यक्रिया शिविर हुने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ८, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा आँखाको निःशुल्क स्क्रिनिङ र शल्यक्रिया शिविर हुने

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको हो । ‘आँखाका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि तिलगंगाको टिमलाई गरिएको आग्रह स्वीकार भएको छ,' नगर प्रमुख आचार्यले भने–‘ तिलगंगाकै विशेषज्ञ टिम आएर चेकजाँच गर्ने भएकाले आँखामा समस्या भएका बिरामीले लाभ लिन सक्नेछन् ।’

आँखा शिविरमा आँखाको स्क्रिनिङ तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क गरिनेछ । विशेषज्ञ टिमले पाँच दिनसम्म आँखाको स्क्रिनिङ गर्नेछ भने तीन दिन शल्यक्रिया गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । भोलि ९ गते कोहलपुर नगरपालिका १४ स्थित राम माविमा पहिलो शिविर बस्नेछ । वडा नम्बर ७, ८, ९, १४ र १५ का वडाबासीले यो शिविरमा सेवा लिनेछन् । त्यसैगरी १० गते कोहलपुर नगरपालिका ४ मदन चोकस्थित रझेना स्वास्थ्य चौकीमा आयोजना गरिएको दोस्रो शिविरमा वडा नम्बर ३, ४, ५ र ६ का वडाबासीले सेवा लिनेछन् । ११ गते कोहलपुर नगरपालिका २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको तेस्रो शिविरमा १ र २ नम्वर वडाका वडाबासीले सेवा लिनेछन् ।

कोहलपुर नगरपालिका १२ चपरगौरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको चौथौ शिविरमा १२ र १३ नम्वर वडाबासी र कोहलपुर नगरपालिका ११ मा १३ गते आयोजना गरिएको पाँचौं शिविरमा वडा नम्बर १० र ११ का स्थानीयबासीले सेवा लिनेछन् । शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोहलपुर नगर अस्पतालमा १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया हुनेछ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पुर्याउने व्यवस्था समेत मिलाइएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताए ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP